8.1 C
Kathmandu
Flowers in Chania

अराजनैतिक इतिहास रचेर बिदा भयो प्रचण्ड सरकार

- Advertisement -

Dipendra Kandel

  • ई. दिपेन्द्र कंडेल

राज्य विरुद्द दश बर्षे सशस्त्र युद्दको नेतृत्व गरेका  पुष्पकमल दाहाल  र उनको टाउकोको मूल्य तोकेका  तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाबीचको अस्वाभाविक तालमेलको फलस्वरूप बनेको दुई भागको  माओवादी-कांग्रेस गठबन्धन सरकारमध्ये  पहिलो भागको अन्त्य गर्न हालै आफ्नो पदबाट राजीनामा दिएका प्रधानमन्त्री पुष्पकमल दाहालले अत्यन्तै संवेदनशील   समयमा मुलुकको राजनीतिलाई शुन्य समयमा धकेलिदिएका छन् | स्वास्थ्य र उर्जाको क्षेत्रमा  केही अत्यन्तै सकारात्मक परिवर्तन ल्याउन सफल दाहाल सरकारले राजनीतिक रुपमा भने नेपालको इतिहासमै  गैर जिम्मेवार सरकारको छवि बनाउदै विदा हुने क्रममा रहेको छ| |

एकातिर संबिधानको पूर्ण कार्यान्वयन र राज्यको पुनरसंरचनालाई संस्थागत गर्नकोको लागि २०७४ सालभित्रै सम्पन्न गर्नु पर्ने तीन वटा  निर्वाचन मध्ये स्थानीय निर्वाचनलाई बिचमै अलपत्र छाडेर राजीनामा दिनु अनि अर्कोतिर कुनै बेला नाकाबन्दीको स्तर सम्मै पुगेको मधेश केन्द्रित  दलहरुको आन्दोलनलाई संविधान संसोधनको आश्वासन दिदै १० महिना सम्म झुलाएर पनि तिनीहरुसंगको वार्ता प्रक्रियालाई अलपत्र पारिदिनु भनेको दाहालको सत्ता लिप्सा अनि गैरजिम्मेवारीको पराकास्ठा हो | सरसर्ती हेर्दा त आफ्नी छोरीलाई भरतपुर् महानगरपालिकाको मेयर निर्वाचित गराउने लक्ष्यमा उनी बढी समर्पित रहेको देखियो |

माओवादी बिद्रोहका क्रममा  तारो बनाईएको कांग्रेससंग  ४ वटा महानगरमा  चुनावी गठवन्धन गरेर प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले आ-आफ्ना पार्टीका कार्यकर्ता एवं समर्थकहरुलाई एक अर्काको चुनावचिन्हमा मतदान गर्न निर्देशन दिएर निकै ठुलो बिखलबन्दमा पारेको भन्ने प्रतिक्रिया दुबै पार्टीका नेता, कार्यकर्ता एवं समर्थकहरुबाट आयो र आइरहेको छ | प्रधानमन्त्रीकै रुपमा सरकारी खर्च अनि सुरक्षा प्रबन्ध  सहित चितवन पुगेर छोरीलाई भोट माग्नु अनि मतगणनाकै क्रममा समेत पुन चितवन पुग्नु भनेको भ्रस्टाचार अनि सत्ताको दुरुपयोग दुबै हो |

स्थानीय निर्वाचनको पहिलो र दोस्रो चरणको ठ्याक्कै बीचमा आएको दाहालको राजीनामाले गर्दा अब दलहरुको ध्यान सत्ता गठन प्रक्रियामा बढी केन्द्रित गराइदिने र दोस्रो चरणको निर्वाचनलाई अनिश्चित बनाइदिने खतरा निश्चित प्राय छ | जाँदा जाँदै स्थानीय निकायको संख्या थप गर्ने दाहालको कदमले राजनीतिक सहमतिको लागि निकै सकारात्मक रहेका  र दोस्रो चरणको निर्वाचनमा भाग लिनकै लागि  छ वटा पार्टी मिलेर एक पार्टी भैसकेका मधेशकेन्द्रित दलहरुलाई समेत बिच्क्याएर कांग्रेसका तर्फबाट बन्ने आगामी प्रधानमन्त्रीका लागि निकै ठुलो अपजस र बोझको भारी कोशेलीको रुपमा छोडेर जादै छन् किनभने उनले दुई मुख्य राजनीतिक जिम्मेवारी मध्य स्थानीय निर्वाचनको दोस्रो चरणलाई अनिश्चित पारिदिएका छन् र मधेसी दलहरुसंगको संवाद प्रक्रियामा पनि प्रगति भन्दा निराशा नै बढी छाडेर जादै छन्  |

 

 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

3 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्