8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा आरनको काम गर्नेको अझै पनि बालिघरे प्रथा, २५ बर्ष देखी यस्तै गर्दैछन टेक बहादुर

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । शहरी क्षेत्रमा आरन ब्यवसायी विस्तापित भएपनि ग्रामीण क्षेत्रमा अझैपनि बालिघरे आरन सञ्चालनमा रहेको देख्न पाईन्छ । नवलपरासी जिल्लाको मध्यविन्दु १२ बेलहानीका टेक बहादुर विक विगत २५ वर्ष देखी गाउंमा नै आरन चलाईरहेका छन् । गाउंलेको कृषि सामग्री हसियां , कोदालो , करौते बनाउने र धार लगाईदीए बापत  केही पाथी अन्न लिएर काम गरीरहेका छन् । गाउंका ४० घरपरिवारको वर्षभरी कृषि सामग्री बनाउने र मर्मत गर्नमा नै उनको दैनीकी बितिरहेको छ । ‘शहरमा भएको भए नगद पैसा लिएर काम गरीन्थ्यो तर , गाउंमा नगद भन्दा पनि बाउं बाजेको पालादेखी चलिआएको बालिघरे प्रथा अझै चलिरहेको छ । ’विकले भने , ‘ यस्लाई सानो काम भनेर सबैले वास्ता गर्दैनन् तर यो विना गाउंमा कृषि कार्यगर्न सारै कठीनाइ हुन्छ । ’ एक जनाले कतिको काम गर्नु , छोराहरुले यो काम नै गर्न खोज्दैनन् मैले सक्नेबेला सम्म मात्र चल्छ यो आरन उनले भने । वर्षभरी काम गरेबापत उनले हरेक परिवार बाट १० पाथी धान पाउने गरेका छन् ।
आरनका लागि आवश्यक कोइला पाउन समस्या भएपछि काम नै बन्द हुने होकी भन्ने पिरलो परेको छ । सामुदायिक बनमा काठ काट्न नपाईने भएपछि कोइलाको कमी भएको हो । आधुनिकरण गर्न नसक्दा नयां पुस्ताको आकर्षण यो पेशामा छैन् । गाउंमा नगद भन्दा पनि बालिघरे प्रथा कायम हुनु र शहरमा काम गर्न जान्ने जनशक्ति नै नहुनुले किसानलाई कृषि सामग्रीको मर्मत गर्न समस्या हुने गरेको छ । ‘अझैपनि ग्रामीण क्षेत्रका अधिकासं किसानले खेती गर्दछन् , त्यस्का लागि आवश्यक कुटी , कोदालो , हसीयां , करौती जस्ता सामग्री मर्मतका लागि ठाउं नहुदा समस्या परेको छ । ’अरुणखोलाका लोकेन्द्र खड्काले भने । विश्वकर्मा समुदायका मानिसले गर्ने यो पेशा प्रति युवाको आकर्षण नहुदा हामीलाई समेत समस्या परेको हो ।
जेठ असार देखी मंसीर सम्म आरनमा बढी भिड हुने गर्दछ । व्यवसायीकरुपमा यो पेशा गर्ने हो भने वर्षमा दुई तीन लाख रुपैया आम्दानी हुने गर्दछ । तर , पेशा प्रतिको सरकारी उदासीनताले गर्दा गाउंघरका आरन केही वर्षपछि बन्द हुने अवस्थामा छन् ।  कुटीर साना ब्यवसाय प्रर्बदनका लागि कार्यक्रम सञ्चालन भएको भएपनि ग्रामीण भेगका साना तर महत्वपुर्ण यस्ता ब्यवसायमा भने कार्यक्रम पुग्न सकेको छैन् । कोइलाको अभाव , आधुनिकीकरण नहुनु र दोसा्रे पुस्ताले काम नसीक्नुको कारण जिल्ला बाट नै विस्तारै आरन ब्यवसायी विस्तापित हुनेक्रम बढ्दो छ । नवलपरासीको मध्यविन्दु १२ बेलहानीमा आरनमा काम गर्दै टेक बहादुर विक । कोइला र जनशक्तिको अभावमा ग्रामीण क्षेत्रमा यो पेशा विस्थापित हुदैछ । जेठ-१२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!