8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

साझा उम्मेदवारीको तयारीमा मधेसी मोर्चा

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाडौं । राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच ३१ जेठको दोस्रो चरणको निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको छ । राजपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारबीच निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको हो ।

राजपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको पार्टी निर्वाचन आयोगमा दर्ता भएको तर, चिह्न नपाएकाले समस्या रहेको उल्लेख गरेलगत्तै तालमेलको प्रसंग उठेको थियो ।
‘हामी चुनाव विरोधी होइनौं, तर आयोगमा न पार्टी दर्ता छ, न हामीले चुनाव चिह्न पाएका छौं अनि चुनावमा कसरी जाने ?’ ठाकुरको भनाइ थियो । छलफलमा फोरमका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा साझा उम्मेदवारी दिनका लागि सहकार्य गर्न ठाकुर र गच्छदारसँग प्रस्ताव गरेका छन् । यादवको प्रस्तावलाई ठाकुर र गच्छदारले सकारात्मक लिए पनि निर्णय भने भइसकेको छैन । नयाँ पत्रिकाले खबर लेखेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!