8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नैतिकताको खडेरी तोड्छु भन्दै प्रधानमन्त्रीले दिए राजीनामा, संसदमा अवरोध गरिएका कारण सीधै जनतामाझ सम्वोधन गरेको भनाई

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाण्डौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका छन् । नेपाली कांग्रेससाग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा गरे । नैतिकताको खडेरी तोड्छु भन्दै उनले भने, ‘बचनको भसोरा नभएको नेतृत्वले राष्ट्रलाई नेतृत्व गर्न सक्दैन ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचनमार्फत युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा आफूलाई गौरब महसुस भएको बताएका छन् । आफूले मंगलबार नै संसदमार्फत सम्वोधन गर्न चाहेको भए पनि संसदमा अवरोध गरिएका कारण सीधै जनतालाई सम्वोधन गरेको बताएका छन् ।

बुधबार अपराहृन देशबासीका नाममा सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने- ‘युगान्तकारी परिवर्तनको सहजकर्ता बन्न पाउँदा गौरब महसुस भएको छ ।’

आफू प्रधानमन्त्री हुँदैगर्दा करिब १० महिना पहिले निराशा बाँड्नेहरुले देश संवैधानिक शुन्यतामा जाने अनुमान गरेका थिए भन्दै प्रधानमन्त्री प्रचण्डले विगतमा विकासका भाषणमात्रै हुने गरिएको र सपनामात्रै बाँड्ने गरिएको बताए । तर, आफूले आर्थिक वृद्धिदर २४ वर्ष यताकै उच्च भएको र लोडसेडिङको अन्त्य गरी सपनामा नभई तथ्यांकमा नै विकासका कामहरु गरेको बताए ।

जेठ-१०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!