8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

‘अभियुक्तहरुको अधिकार सुनिश्चित गर्ने रुपन्देहीका कानून व्यवसायीको प्रतिवद्दता’

- Advertisement -
- Advertisement -spot_imgspot_img

भैरहवा, जेष्ठ , २०७४ –रुपन्देही जिल्लामा कार्यरत कानून व्यवसायीहरुले कुनै पनि अभियोगमापक्राऊपर्नासाथ कानून व्यवसायीको सेवा लिन पाउने नागरिकको संवैधानिक अधिकारकोप्रवर्दन गर्ने र सो को लागि वकालत गर्ने प्रतिवद्दता व्यक्त गर्नु भएको छ | सार्वजनिक प्रतिरक्षक समाज ( पीडीएस) नेपालले भैरहवामा आयोजना गरेको न्यायमा शीघ्र पहुँच सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा नेपाल बार एसोसियन रुपन्देहीकापूर्व अध्यक्षहरु, वर्तमानअध्यक्षमोहन कुमार देउजा क्षेत्री सहितकापदाधिकारीहरु  एवं अन्य कानूनव्यवसायीहरु,जिल्ला अदालत रुपन्देहीका बैतनिकवकिल, कानूनी सहायता प्रदायक अन्य संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो |

कार्यक्रमका मुख्य वक्ता एवं पीडीएस नेपालका तालिम तथा कानूनी निर्देशक अधिवक्ता सूर्य बहादुर पाण्डेलेसंबिधानले नै कोहीपनि नागरिकपक्राऊपर्ने बित्तिकै कानून व्यवसायी राखन पाउने अधिकार सुनिश्चित गरेकोभए पनिकार्यान्वयन पक्ष चिन्ताजनक रहेको जानकारी गराउनु भयो भने अधिकांशवक्ताहरुले संबिधानमैउक्त अधिकारकोव्यवस्थाभए पनि सरोकारवालाहरुकोअसहयोगलेगर्दाअधिकांश अभियुक्तहरुले कानूनी प्रतिनिधित्व प्राप्त गर्न नपाएको गुनासो गर्नु भयो |  प्रहरीलेकानून व्यवसायीलाई अभियुक्तसंगसुनुवाई पूर्व भेट्नै नदिने गरेका कारण अभियुक्तहरु आफ्नो संबैधानिक अधिकारबाट बन्चित हुनु परिरहेको उहाँहरुले बताउनु भयो |

थुनुवा अभियुक्तहरुलाई भेट्न कानून व्यवसायीहरुलाई पहुँच दिदा आफ्नो काम कारवाहीमा बाधा हुने प्रहरीको गलत बुझाईका कारण मुलुकभरि नैचुनौती पूर्ण अवस्था रहेको निर्देशक पाण्डेले यो चुनौतीसंग जुध्नप्रमुख जिल्ल्ला अधिकारी, प्रहरी, सरकारी वकील,जिल्ला लगायत   एवं अन्य सरोकारवालाको सहभागितामा निकट भविष्यमै एउटा बृहत अन्तर्क्रिया कार्यक्रम को आयोजना गरिने जानकारी दिनुभयो |

अन्त्यमा स्थानीय कानून व्यवसायीहरुलेप्रहरीको हालसम्मकोअसहयोगी व्यवहारका बावजूद पनिआउंदा दिनहरुमा थुनुवा केन्द्रमा अभियुक्तहरुसंग  भेटघाट गर्ने र उनीहरुलाई कानूनी परामर्श दिने कार्यलाईनिरन्तरता दिने र प्रहरीहरुलाई समेत अभियुक्तहरुका संवैधानिकर कानूनीअधिकारहरुका बारेमा सुसुचित गराउनेकार्यलाई जारी राख्ने प्रतिवद्दता जनाउनु भयो |

 पीडीएस नेपालले रुपन्देही सहितधनुषा,मकवानपुर,पर्सा,बाँके, कंचनपुरर काठमाण्डौमारहेका आफ्ना  जिल्ला कार्यालयहरुमार्फतपनिन्यायमानागरिकहरुकोशीघ्र पहुँच सुनिश्चित गर्न तथानिजी कानून व्यवसायी नियुक्त गर्न आर्थिक रूपले असक्षम फौजदारीमुद्दाकाअभियुक्तहरुलाई निशुल्क र अर्थपूर्णप्रतिनिधित्व प्रदान गर्नका लागि आफ्ना १८ जना अधिवक्ताहरु  मार्फत सेवाप्रदान गरिरहेको छ |

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!