8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

नवलपरासीको कावासोती र गैडाकोटमा नवनिर्वाचित प्रमुखले लिए आफ्नो ओहोदाको सफत

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । नवलपरासीको नवलपुर क्षेत्रका कावासोती र गैडाकोट नगरपालिकाका नव निर्वाचित प्रतिनिधिहरुले आज आ-आफ्नो ओहोदाको सफत लिएका छन् । कावासोती नगरपालिकामा पनि नव निर्वाचित प्रमुख चन्द्रा पुन र उप-प्रमुख प्रेम शंकर मर्दनिया लगाएत सम्पूर्ण वडाका अध्याक्ष र सदस्यले समेत आ-आफ्नो ओहोदाको सफत लिनुभएको छ । कावासोती खानेपानीको शाभा हलमा आयोजित एक कार्यक्रममा वहाहरुले नगरपालिकाकाका लागि निर्वाचन अधिकृत रामलाल श्रेष्ठ सफत ग्रहण गराउनुभएको हो । निर्वाचित नगरपालिका प्रमुख पुनले अन्य १७ वटा वडाबाट निर्वाचित वार्डका अध्यक्ष तथा सदस्यलाई सफत ग्रहण गराउनुभएको थियो ।

त्यस्तै गैडाकोट नगरपालिकामा नगरसभाका प्रमुख, उप-प्रमुख लगायत सदस्यले आज एक समारोहका बिच सपथग्रहण गरेका छन् । गैडाकोट नगरपालिकाको परिसरमा आयोजित सभामा नव निर्बाचित प्रमुख छत्रराज पौडेल, उप-प्रमुख विष्णु कुमारी कंडेल लगायत विजयी उम्मेदवारले ईश्वर देश र जनताको नाममा सपथ ग्रहण गरेका हुन् । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत एंब निर्बाचन अधिकृत शिब प्रसाद रिजालले नव निर्बाचित पौडेल, कंडेल सहित १८ वटै वडाका वडाध्यक्षलाई सपथ ग्रहण गराउनुभएको थियो । यस्तै नव निर्बाचित प्रमुख पौडेलले १८ वडाका वडासदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको छ । आजै वहाहरुले आफ्नो पदभार समेत ग्रहण गर्नुभएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

6 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!