8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

चितवनमा मन्त्री लगाएत उच्च ओहोदाका पदाधिकारीको उपस्थितिमा अखेटोपहार नष्ट गरियो

- Advertisement -
- Advertisement -spot_imgspot_img

चितवन, यस अघि विभिन्न समयमा काल गतिले मरेका वा चोरी सिकारी बाट नियन्त्रण मा लिएर भण्डारण गरिएका बन्यजन्तुहरुका अवशेष (अखेटोपहार) सोमवार एक विशेष कार्यक्रमका बीच चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिएको छ । अखेटोपहार नष्ट गर्ने कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुखहरु, मध्यवर्तीका प्रतिनिधि, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि लगायतको उपस्थितिमा अखेटोपहार नष्ट गरिएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।

लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन गर्न अप्ठेरो भएको र सुरक्षा चुनौती समेत बढ्दै गएको भन्दै त्यसलाई नष्ट गरिएको हो । चोरी शिकारीलाई निरुत्साहित गर्नका लागि यो कदमले मद्दत मिल्ने विश्वास निकुञ्जको छ ।

झण्डै बीस वर्ष यता संकलन भएको वन्यजन्तुका अखेटोपहार नष्ट गरिएको थिएन । वि.सं. ०५४ सालयता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय लगायतमा संकलन भएका अखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिँदै आएको थियो । दुबै ठाउँमा गरेर गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु संकलन गरिएको थियो ।जेठ-८,२०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!