8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

सगरमाथामा अमेरिकी आरोहीको मृत्यु, एक भारतीय सम्पर्क बिहिन, दर्जनौ आरोही शिखरमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

सोलुखुम्बु , सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । उनीसँगै यस वर्ष सगरमाथामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ ।

यसअघि नेपाली नागरिक मीनबहादुर शेरचनको आधार शिविरमा ज्यान गएको थियो भने स्वीस नागरिक युली स्टेकको पनि आधार शिविरमै ज्यान गएको थियो । आरोहण सकेर फर्कदै गरेका एक भारतीय नागरिक पनि शनिबारदेखि हराइरहेका नेपाल सरकारको तर्फबाट सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार यस वर्ष आइतबारसम्ममा १२० भन्दा बढी आरोही शिखरमा पुगेका छन् । आरोहणका लागि कुल ३७४ जनाले अनुमति लिएकोमा आइतबारसम्म करिब १२० जना शिखरमा पुगेका हुन् । जेठ ११ गतेसम्म चल्ने आरोहणका क्रममा मौसम अनुकूल भए धेरैले आरोहण गर्ने श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । रासस जेठ-८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!