8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीमा हत्यारालाई उन्मुक्ति दिन खोजेको भन्दै चौकी घेराउ, प्रहरीले गर्यो ६ सेल अश्रुग्यास प्रहार र लाठीचार्ज

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोती ईलाका प्रहरी कार्यालयमा निश्पक्ष छानबिनको माग  गर्दै प्रहरी सामु पुगेका सर्वसाधारण माथि  प्रहरीले लाठी चार्ज र अश्रु ग्यास प्रयोग गरेको छ । १६ डण्डा की १५ बर्षिया रबिना अर्यालको आत्महत्या नभई हत्या भएको भन्दै निस्पक्ष छानबिन को माग गर्दै त्यहाका बासिन्दाले चौकी पुगेका हुन । गत बुधबार अर्याल आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन ।उनको शरीरको प्रकृति हेर्दा नाकबाट रगर बगेको, अनुहारमा चोट समेत देखिएकोले उनको आत्म हत्या नभई उनका बाबु तुलसी अर्याल र कान्छी आमाले हत्या गरेर झुण्ड्याएको आरोप उनीहरुले लगाएका छन् । उनीहरुले प्रहरी संग निस्पक्ष छानविनको नभए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् । उनीहरुले पुर्व-पश्चिम राजमार्ग समेत अवरोध गरेका छन् । बन्द बाटो खुअलाउना भन्दै प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले गरेको लाठीचार्जबाट केहि घाईते भएको आन्दोलनकारीले जनाएका छन् । प्रहरीले महिला माथि धरपकड र हातपात गरेको आरोप समेत लगाएका छन । अर्यालको गत शुक्रवारनै पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो । जेठ-७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!