8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीको नवलपुरमा ६ स्थानिय तहमा कांग्रेस २ मा एमाले, नगरपालिकामा मिस्रित परिणाम गाउपालिकामा कांग्रेसको कब्जा

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा। नवलपरासीको नवलपुरमा रहेका चार गाउंपालिका र चार नगरपालिका मध्ये ४ वटा नगरपालिकामा मिस्रित परिणाम आएको छ भने ४ वटै गाउपालिकामा कांग्रेसले कब्जा जमाएको छ ।

देवचुली नगरपालिकामा नेपाली कांग्रेसका पूर्ण कुमार श्रेष्ठ र एमालेका पार्वती तिवारी, गैडाकोट नगरपालीका प्रमुखमा एमालेका छात्र राज पौडेल र उप-प्रमुखमा बिष्णु कंडेल बिजयी भएका छन् त्यस्तै मध्यबिन्दु नगरपालीकामा नेपाली कांग्रेसका चन्द्र बहादुर राना र उप-प्रमुखमा कांग्रेसकै ओम कुमारी महतो बिजयी भएका छन् भने कावासोती नगरपालीका प्रमुख र उप-प्रमुखमा एमालेका चन्द्रा पुन र प्रेम शंकर मर्दनिया थारु बिजयी भएका हुन ।
नवलपरासीको विनयी त्रिवेणी, बुङ्दीकाली, बुलिङ्गटार गाउंपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेसले जितेको छ भने हुप्सेकोट गाउंपालिकामा अध्यक्षमा नेपालीकांग्रेस  र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ ।

बुङ्दीकाली गाउँपालिकामा कांग्रेसका उम्मेद्वार दुर्गाबहादुर राना अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार मायादेवी श्रेष्ठले जित हात पारेकीछन ।

त्यस्तै बुलिङ्गटार गाउंपालिकामा पनि नेपाली कांग्रेस विजयी भएको छ । यहां नेपाली कांग्रेसको शसिकिरण बस्ताकोटीले उनका निकटम् प्रतिद्वन्दी एमालेका विद्रोही गिरीपछी पार्दै जित हासिल गरेका हुन्  । उपाध्यक्षमा नेपाली कांग्रेसकी मैना विक बिजयी भएकी छिन् ।

त्यसैगरी विनयी त्रिवेणी गाउंपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । अध्यक्षमा नेपाली कांग्रेसका डम्बर जिसी र कांग्रेसकै मिना राना उपाध्यक्षमा विजयी भएका हुन् ।

हुप्सेकोट गाउंपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला उम्मेद्वार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे अध्यक्षमा र एमालेकी स्वतन्त्र कोपिला मल्ल उपाध्यक्षमा वियजी भएका हुन् । जेठ-५, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!