8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न, ७३ प्रतिशत भन्दा बढी मत खस्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा ।नवलपरासीको नवलपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृत कैलाश केसीले  जिल्लाको ८ वटै स्थानीय तहमा शान्तिपुर्णरुपमा मतदान सम्पन्न भएको बताए  । प्रारम्भिक जानकारी अनुसार निर्वाचनमा ७३ प्रतिसत भन्दा बढी मत खसेको छ । नगरपालिका तर्फ कावासोतीमा ७० , देवचुलीमा ७६ , मध्यविन्दुमा ७५ र गैडाकोटमा ७० प्रतिसत मत खसेको छ । गाउंपालिका तर्फ बुलिङटारमा ७४ , त्रिवेणीविनयीमा ७३ दशमलब ९५ बुङदीकालिमा ७५ , हुप्सेकोटमा ७५ प्रतिसत मत खसेको छ  । पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ४ अन्र्तगत पर्ने जिल्लाको नवलपुर क्षेत्रमा ४ सय ७६ पदका लागि १ हजार ७ सय ९ जना चुनावी मैदानमा छन् । नगरपालिकाको मतगणना आईतबार देखीनै सुरु हुने भएपनि गाउंपालिकाको भने भौगोलिक विकटताको कारण सोमबार मात्र गणना गरीने निर्वाचन कार्यालयले जनाएको छ । वर्षाको कारण पहाडी क्षेत्रका मतदान पेटीका ढुवानीमा समस्या आएको छ ।बैशाख-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!