8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीको देवचुलीबाट सक्षम ब्यक्ति चुनौ भन्दै उद्योगपति चौधरीले गरे मतदान

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा ।  उद्योगपती विनोद चौधरीले नवलपरासीको देवचुली बाट मतदान गर्नुभएको छ । देवचुली २ को दिब्य युवा समाजको मतदान केन्द्र बाट विहान साढे ११ बजे मतदान गर्नुभएको हो । मतदान पछि प्रतिकृया दिदै उद्योगपति चौधरीले पार्टीको भन्दा पनि राम्रो र सक्षम प्रतिनिधी चउन गर्न चुनाव महत्वपुर्ण भएको बताउनुभयो । यसैविच प्रदेश नम्बर ४ मा पर्ने नवलपरासीको नवलपुर क्षेत्रमा स्थानीयतह अन्र्तगतको चुनावमा मतदान प्रकृया जारी छ । विहान ७ बजेबाट मतदान सुरु भएपनि मतदाता विहान ५ बजेदेखी नै लाईनमा बसेका थिए । पहिलो पटक मतदान गर्न पाएका युवायुवती बढी उत्साहीत देखीएका छन् । जिल्लाको ४ वटा गाउंपालिका र ४ नगरपालिकमा शान्तिपुर्णरुपमा मतदान प्रकृया जारी रहेको र अहिले सम्म करिब ४० प्रतिसत मत खसेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।  नवलपुर खण्डमा १ लाख ८६  हजार ६ सय ८१ मतदाता छन् । जिल्लामा ४ सय ७६ पदका लागि १ हजार ७ सय ९ जना चुनावी मैदानमा छन् । बैशाख-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!