8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीको नवलपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान हुदै

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा। प्रदेश नम्बर ४ मा पर्ने नवलपरासीको नवलपुर क्षेत्रमा स्थानीयतह अन्तर्गतको निर्वाचनमा यतिबेला शान्तिपूर्ण रुपमा मतदान प्रकृया जारी छ । विहान ७ बजेबाट मतदान सुरु भएपनि मतदाता विहान ५ बजेदेखी नै लाईनमा बसेका थिए । पहिलो पटक मतदान गर्न पाएका युवायुवती बढी उत्साहीत देखीएका छन् भने उमेर पुगेका बयोवृद्ध अर्को पटक के हो के हो यसपटक भोट हाल्न तम्सिएको बताउदै थिए । जिल्लाको ४ वटा गाउंपालिका र ४ नगरपालिकमा शान्तिपुर्णरुपमा मतदान प्रकृया जारी रहेको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिनुभयो ।  नवलपुर खण्डमा १ लाख ८६  हजार ६ सय ८१ मतदाता छन् । जिल्लामा ८ वटा नगरपालिका र ७ गाउंपालिका मध्ये प्रदेश नम्बर ४ मा पर्ने ४ नगरपालिका र ४ वटा गाउंपालिकामा मात्र चुनाव भइरहेको छ । नगरपालिकातर्फ गैडाकोटमा २१, कावासोतीमा २२, देवचुलीमा २०, मध्यबिन्दुमा २१   र गाउंपालिकामा  बुङ्दीकालीमा ६, बुलिङटारमा ६, बिनयीमा ९र हुप्सेकोट गाउंपालिकामा आठ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिललामा ४ सय ७६ पदका लागि १ शजार ७ सय ९ जना चुनावी मैदानमा छन् । बैशाख-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!