खगराज सापकोटा , कावासोती –नवलपरासीको कावासोती नगरपालिकाको प्रमुख पदका उम्मेदवारको घरमा बम भेटीएको छ । माओवादी केन्द्रका डासीराम बस्यालको कावासोती १७ स्थित घरको बरण्डामा बुधबार राती अज्ञात समुहले सकेट बम राखेको प्रहरीले जनाएको छ । घरका परिवारले विहान शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । बमलाई सेनाको बज्रदल गणका ेडिस्पोजल टोलीले निष्कृय पारेको छ । बस्याललाई उम्मेदवारी फिर्ता लिन भन्दै केही दिनअघि नेपाल कम्युनिष्ट पार्टीले पत्र काटेको थियो । यसअघि मंगलवार राती मध्यविन्दु नगरपालिकामा एमालेका तर्फबाट मेयरका उम्मेदवार भिमलाल अधिकारीको घरको गेटमा समेत विष्फोटक पदार्थ भेटीएको थियो ।