8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

कुमारवर्ती काग्रेसमय

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैशाख २४ । नेपाली काग्रेस कावासोतीको चुनावी कार्यक्रम अन्र्तगत आज वडा नम्बर १७ कुमारवर्तीका विभिन्न स्थानमा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार महेन्द्र पोख्रेलले कावासोती नगरलाई समृद्ध नगर बनाउनका लागि आफु सदैब लागिपरेको बताउदै आगामी समृद्ध नगर बनाउनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । कुमारबर्ती क्षेत्र पर्यटकीय सम्भावनाको खानी भएकाले दिगो पर्यटन विकास मार्फत त्यस क्षेत्रका स्थानीयको समृद्धी तर्फ छुट्टै योजना ल्याएर काम अगाडी बढाउने बताउनुभयो । नाच्दै र गाउदै टोलटोलमा भोट माग्न पुग्दा कुमारवर्ती नै काग्रेसमय बनेको थियो । यसअघिको स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नजितेपनि यस पटकको जनलहरले आफुलाई खुसी बनाएको भन्दै कोग्रेसलाई मतदान गरी जिताउन आग्रह गर्नुभयो । चुनावी सभालाई जिल्लास्तरका नेता कार्यकर्ताले सम्बोधन गर्दै प्रजातन्त्रको रक्षा , संविधानको पुर्ण कार्यान्वयन र संघियता मार्फत आर्थिक विकासका लागि काग्रेस प्रतिबद्ध रहेको बताएका थिए । आजै कावासोतीको डण्डामा समेत विशाल सभा सम्पन्न भएको छ । गाउंघरमा अघिल्ला निर्वाचनमा अन्य पार्टीले जित हासील गरेपनि गाउंको विकास नभएकाले यस पटक काग्रेसलाई मतदान गरी जिताउन सकेमा विकास हुने आशा गरेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!