8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

पाच दिने अक्खालिपी प्रशिक्षण

- Advertisement -
- Advertisement -spot_imgspot_img

बैशाख २४ –
नेपाल मगर लेखक संघ लुम्बिनी अञ्चल समीतिको आयोजनामा आज एक कार्यक्रमका विच नवलपरासीको कावासोतिमा पाच दिने अक्खालिपी प्रशिक्षण कार्यक्रमको समुदघाटन गरीएको छ ।

समुदघाटन कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथीको रुपमा रहनुभएका नेपाल मगर संघका केन्द्रीय महासचिव ज्ञानेन्द्र पुनले युवा पुस्ताहरु नै मगर भेष भुषाको उत्थानको लागी जुटनुपर्ने बताउनु भएको छ ।

आदीबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य समेत रहनुभएका पुनले आफ्नै भाषा परम्परा सस्कार भएपनि जगेर्नाको अभावमा लोप हुदै गइरहेकोले यसलाइ पछिल्लो पुस्ताले सरक्षण गर्दै लैजानुपर्ने आजको आवश्यकता रहेको मा जोड दिनु भएको छ ।

हरेक जनजातिको भाषा परम्परा उत्थानको लागी आदीबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले विभिन्न सहयोग गर्दै आइरहेकोले यसको सदुपयोग गर्न समेत प्रमुख अतिथी पुनले मगर समुदायलाइ आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपरासीका अध्यक्ष लुम बाहादुर खाम्चा, नेपाल मगर लेखक संघका सल्लाहाकार कर्णेल धन बाहादुर मास्की राना मगर, नेपाल मगर संघ बुद्धिजिवी सल्लाहाकार छविलाल राना मगर, नेपाल मगर संघ जिल्ला कार्यसमितिका सचिव इन्द्र फाल मगर, कोषाध्यक्ष देवीसरा पुलामी मगर, प्रेम बाहादुर राना मगर, जसमति थापा मगर, निम बाहादुर ढेगा मगर लगाएतको सहभागिता रहेको थियो ।

यही बैशाख २९ गते सम्म हुने प्रशिक्षणमा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ भने हेमा आले ले प्रशिक्षण दिनुहुने भएको छ ।

नेपाल मगर लेखक संघ लुम्बीनि अञ्चल समीतिका अध्यक्ष लिला मास्की राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको सचालन सह सचिव कमला राना मगरले गर्नुभएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!