8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

देशकै नमुना नगरपालिका बनाउने नगर प्रमुख पदका उम्मेदवार न्यौपानेको प्रतिबद्धता

- Advertisement -
- Advertisement -spot_imgspot_img

देवचुलि । नेकपा एमाले देवचुलि नगरपालिका नगर संगठन कमिटीले स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट आज नगरपालिका स्तरिय घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणा पत्र सार्वजनिक गर्दै नेकपा एमालेको तर्फबाट देवचुलि नगरपालिकाको प्रमुख पदका उम्मेदवार हरी न्यौपानेले देवचुलि नगरपालिकालाई आगामि ५ वर्षभित्र समृद्ध नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले पर्यटनको माध्यामबाट देवचुली नगरपालिकालाई विश्वमा चिनाउने योजन एमाले संग रहेको बताउनु भयो ।

एमाले नगर संगठन कमिटीले सार्वजनिक गरेको घोषणा पत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, सडक सञ्जाल विस्तार, बालमैत्री नगरपालिका घोषणा, पर्यटन, रोजगार लगायतका कार्यक्रमलाई प्राथमिकताका साथ समावेश गरिएको छ । घोषणा पत्र सार्वजनिक कार्यक्रममा न्यौपानेले देवचुलि नगरपालिकालाई देश कै पहिलो बालमैत्री स्थानीय तह बनाउने घोषणा गर्नु भयो ।

नगर प्रमुख पदका उम्मेदवारले सो क्रममा ३५ बुदे प्रतिबद्धता समेत प्रस्तुत गर्नु भयो । अव्यवस्थीत बसोबासलाई व्यवस्थीत गर्दै भूमिहिन सुकुम्बासीहरुको पहिचान गरि तत्काल व्यवस्थित बसोबासको निर्माण गर्ने, लालपुर्जा वितरण, बृद्धभत्ता वितरणलाई सहज बनाउने, सिचाईलाई सहज बनाउने, ल्याण्डफिल्ड साइडको व्यवस्था, हरित राजमार्ग निर्माणका कार्यक्रम पाँच वर्ष भित्र कार्यान्वयनमा लौजाने लगायतका प्रतिबद्धता व्यक्त गरिएको थियो ।

नगरपालिका भित्र ४ नं. प्रदेशको प्राविधिक तर्फको विश्व विद्यालय स्थापनाका लागि पहल गर्ने, नगरपालिका भित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैयाको सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्ने, नगरपालिका भित्रका सबै क्षेत्रलाई छुनेगरि लिंक रोड निर्माण, नारायणि तट क्षेत्र र पहाडी क्षेत्रमा होमस्टे निर्माण, सहकारी मार्फत रोजगारी सृजना, मर्यादित र सम्मानित श्रम, प्रकृतिक श्रोतमा समुदायको पहुच लगायतको विषय घोषण पत्रमा रहेका छ । घोषणा पत्र सार्वजनिक गर्दै उपप्रमुख पदका उम्मेदवार पार्वती तिवारीले दिर्गकालिन योजना मार्फत नगरको दिगो बिकास एमालेको प्राथमिकता रहेको बताउनु भयो ।

नेकपा एमाले नवलपुर जिल्ला संगठन कमिटी सचिवालय सदस्य एवं देवचुलि नगरपालिका संयोजक मुक्तिराम पाण्डेले देवचुली नगरपालिकाको साविकका सबै गाविसहरुमा नेकपा एमालेले स्थानीय निकायको निर्वाचन जितेको स्मरण गर्दै यस पटकको स्थानीय तहको निर्वाचनमा अधिकाम्स वडा सहित नगर प्रमुख र उपप्रमुख पदमा एमाले विजयी हुने दावी गर्नु भयो । एमालेले लिएको राष्ट्रवादी नीति र जनमुखि कार्यक्रमको कारण एमाले तर्फ सर्वसाधारणहरुको आकर्षण बढेको बताउनु भयो । उहाँले घोषणा पत्रमा समेटिएको विषय नगरपालिका क्षेत्रको सम्रग आध्यायन पछि तयार परिएको भन्दै त्यो घोषणाको लागि घोषणा नभई सार्थक बनाउन एमाले सक्षम रहेको बताउनु भयो ।

कार्यक्रममा एमाले नवलपुर जिल्ला संगठन कमिटी सदस्य मनविर पुलामि, पार्वता तिवारी लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम घोषणा पत्र मस्यौदा समितिका संयोजक तिल प्रसाद काफ्लेको अध्यक्षता एवं सदस्य खिमानन्द भुसालको सञ्चालनमा भएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!