8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

प्रचण्ड पुत्री रेणु दाहालको गाडी तोडफोड

- Advertisement -
- Advertisement -spot_imgspot_img

आनन्द पोखरेल
चितवन ।
नेकपा माओवादी केन्द्रका तर्फबाट भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवार रेणु दाहालको चुनावी प्रचारमा खटिएको गाडी तोडफोड भएको छ ।

भरतपुर–१० स्याउली बजारस्थित दाहालको मामा हेमराज पौडेलको आइ टेन मोडलको बा ११ च ९०३० नम्बरको गाडीमा तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार शनिबार बिहान तीन जना आएर हेमराज पौडेलको गाडीमा तोडफोड गरेका हुन् । अपरिचित व्यक्तिको तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । त्यस्तै, सवारी साधनमा होक्सा बम (नक्कली पटका पेट्रोल बम) राखिएकोमा पाइएको छ । बम प्रहरीले निस्क्रिय पारेको छ ।

सवारी तोडफोडमा र नक्कली बम राखेर आतङ्क मच्चाउने तीन जनालाई हुलियाको आधारमा पहिचान गरिएको प्रहरी उपरीक्षक थापाले बताए । तीनै जना नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ता भएको र एक जना जिल्ला सदस्यलाई पक्राउ गरिसकिएको थापाले जानकारी दिए । निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आधारमा प्रहरीले शनिबार बिहानसम्म १४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!