8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

बैशाख २५ देखि तीनवटा प्रदेशका विद्यालय बन्द गर्न निर्वाचन आयोगको निर्देशन

- Advertisement -
- Advertisement -spot_imgspot_img

निर्वाचन आयोगले प्रदेश नं ३, ४ र ६ का सम्पूर्ण शैक्षिक संस्थाहरु बैशाख २५ देखि ३१ गतेसम्म बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनलाई ध्यान दिँदै आयोगले तीन प्रदेशमा लागु हुनेगरी यस्तो निर्देशन दिएको हो ।

साथै आयोगले बैशाख ३१ गते आइतबारका दिन सार्वजनिक विदा दिन आग्रह गरेको छ । तर, यो विदा देशभरि नभएर पहिलो चरणको निर्वाचन हुने तीनवटा प्रदेशमा मात्रै लागू हुनेगरी गर्न आयोगले भनेको छ ।

बैशाख ३१ को चुनावका लागि मतदान स्थलका रुपमा प्रयोग गरिने विद्यालय, सरकारी कार्यालयहरु, स्वास्थ्य चौकी आदि बैशाख २५ गतेभित्रै हस्तान्तरण गरिसक्न पनि आयोगले आग्रह गरेको छ ।बैशाख-२०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!