8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीको नवलपुरका ८ स्थानीय तहमा ४ सय ७६ पदका लागि १ हजार ७ सय ९ जनाको उम्मेदवारी

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, ज्ञानु पंगेनी । पहिलो चरणको निर्वाचन हुने प्रदेश नम्बर ४ अन्तरगत पर्ने नवलपरासीको नवलपुर क्षेत्रमा ४ सय ७६ पदका लागि १ हजार ७ सय ९ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
नवलपुर क्षेत्रका ४ नगरपालिका र ४ गाउंपालिकामा मनोनयन भएको हो । कावासोती नगरपालिकामा ८७ पदका लागि ३ सय ४१ जनाको उम्मेदवारी परेको छ । जस्मा १ मेयरका लागि ११ जना र उपमेयरमा ९ जनाले मनोनयन गरेका छन् । यस्तै १७ वडा अध्यक्ष्ँका लागि ८३ जनाको उम्मेदवारी परेको छ । भने महिला सदस्यमा ६२, दलित महिला सदस्यमा ४५, खुल्ला सदस्यमा १ सय ३१ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय नवलपरासीका निर्वाचन अधिकृत अयोध्या प्रसाद भण्डारीले बताए ।

यस्तै देवचुली नगरपालीकामा ८७ पदका लागि २ सय ८६ जनाको उम्मेदवारी परेको छ ।
मेयर पदका लागि १० जना ,उपमेयरमा ६ जना ,वडा अध्यक्षमा ६७ , महिला सदस्यमा ५३ , दलित महिला सदस्यमा ४८ र खुल्ला सदस्यका लागि १ सय २ जना गरी जम्मा २ सय ८६ जनाको उम्मेदवारी परेको देवचुली नगरपालिका सहायक निर्वाचन अधिकृत अविनाश पन्थिले बताए ।

गैडाकोट नगरपालिकामा ९२ पदका लागि ३ सय ८२ जनाको उम्मेदवारी परेको छ ।
प्रमुखका लागि १० जना र उपप्रमुखका लागि ७ जनाको उम्मेदवारी परेको छ । १८ वटा वडा रहेको गैडाकोट नगरपालिकामा वडा अध्यक्षका लागि ८५ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा ७० जना, दलित महिला सदस्यमा ६६ जना, खुल्ला वडा सदस्यमा १ सय ४४ जनाको उम्मेदवारी परेको छ ।

मध्यविन्दु नगरपालीकामा ७७ पदका लागि ३ सय जनाको उम्मेदवारी परेको छ ।
मेयरका लागि १२ जना , उपमेयरमा ७ जना ,वडा अध्यक्ष्ँमा ७२ जना ,महिला सदस्यमा ५९ जना ,दलित महिला सदस्यमा ४४ र खुल्ला सदस्यमा १ सय ६ जना गरी कुल ३ सय जनाको उम्मेदवारी परेको मध्यविन्दुका निर्वाच अधिकृत शिवराज सेढाईले बताए ।

नवलपरासीको गाउपालिकातर्फ बुङदीकाली गाउपालिकामा ३२ पदका लागि ७२ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ४ जनाको उम्मेद्वारी दर्ता भएको छ भने उपप्रमुखमा ४ जना , वडा अध्यक्षमा १५ जना , महिला सदस्यमा १२ जना ,दलित महिला सदस्यमा १२ जना ,खुल्ला सदस्यमा २५ जना गरी कुल ७२ जनाको उम्मेदवारी परेको छ ।

यस्तै हुप्सेकोट गाउपालिकामा ३२ पदका लागि १ सय १६ जनाको उम्मेदवारी परेको छ ।
प्रमुखमा ५ जना ,उप प्रमुखमा ५ जना , वडा अध्यक्ष्ँमा २५ जना ,महिला सदस्यमा २० जना ,दलित महिला सदस्यमा १९ जना खुल्ला सदस्यमा ४२ जना गरी कुल १ सय १६ जनाको उम्मेदवारी परेको हुप्सेकोट गाउपालिकाका निर्वाचन अधिकृत खगेन्द्र घिमीरेले बताए ।

यसैगरी विनयी त्रिबेणी गाउपालिकामा ३७ पदका लागि १ सय ४१ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ११ र उपप्रमुखमा ९ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी बुलि¨टार गाउपालिकामा ३२ पदका लागि ७१ जनाको उम्मेदवारी परेको छ । प्रमुखमा ४ जना ,उपप्रमुखमा २ जना ,वडा अध्यक्ष्ँमा १४ जना महिला सदस्यमा १३ जना , दलित महिला सदस्यमा १२ जना र खुल्ला सदस्यमा २६ जना गरी कुल ७१ जनाको उम्मेदवारी परेको छ । बैशाख-२१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!