8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा १५ र उप–मेयरमा १२ जनाको उम्मेद्वारी, हेर्नुहोस् नामसहित

- Advertisement -
- Advertisement -spot_imgspot_img

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि  मंगलबार भरतपुर महानगरपालिकामा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ । राती अवेरसम्म जारी मनोनयनमा मेयर र उप–मेयरमा उम्मेद्वारी दिने क्रम लगभग सकिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा दुई स्वतन्त्र सहित १५ जना र उपमेयरमा दुई स्वतन्त्र सहित १२ जनाले उम्मेद्वारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुरमा उम्मेद्वारी दर्ता गराएका मेयर र उप–मेयरका उम्मेद्वारहरुको नामावली निम्न अनुसारको रहेको छ ।

भरतपुर महानगरपालिकाको मेयरका उम्मेद्वारहरुः

१.दिनेश कोइराला (नेपाली काँग्रेस)
२.देवी ज्ञवाली (नेकपा एमाले)
३.रेणु दाहाल (नेकपा माओवादी केन्द्र)
४.बद्री तिमिल्सिना (राप्रपा)
५.राजु पौडेल (मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
६.डिल बहादुर वि.क.(नेपाल दिलत पार्टी)
७.जीवनराम महतो (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट)
८.रविनकुमार प्रधान (नेपाल मजदुर किसान पार्टी)
९.सूर्यप्रसाद तिमिल्सिना (नयाँ शक्ति)
१०.प्रेमकुमार सुवाल (स्वतन्त्र)
११.राजेन्द्रप्रसाद अर्याल (नेपाल परिवार दल)
१२.भक्तीराम गौतम (राष्ट्रिय जनमोर्चा)
१३.ज्ञानबहादुर गुरुङ (राष्ट्रिय जनमुक्ती पार्टी)
१४. सिर्जना रुवाली (नेकपा माले)
१५.अम्बिका मुडभरी (स्वतन्त्र)

भरतपुर महानगरपालिकाको उप–मेयर उम्मेद्वार
१.पार्वती शाह (नेपाली काँग्रेस)
२.दिव्य शर्मा आचार्य (नेकपा एमाले)
३.सुरेन्द्र गुरुङ (नेकपा माओवादी केन्द्र)
४.रिना गुरुङ (राप्रपा)
५.निरु कार्की (मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
६.निर्मला आलेमगर (राष्ट्रिय जनमुक्ती पार्टी)
७.उमादेवी शर्मा (राष्ट्रिय जनमोर्चा)
८.शारदा घिमिरे (नयाँ शक्ति)
९.सुन्दरी वि.क. (स्वतन्त्र)
१०.सूर्य रेग्मी (नेकपा माले)
११.गोपीला गौतम लामिछाने (नेपाल परिवार दल)
१२.बाबुराम परियार (स्वतन्त्र)

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!