27 C
Kathmandu
Sunday, May 16, 2021

संविधान संशोधनमा मतदान गर्ने भनिएको संसद बैठक २१ गतेसम्म स्थगित, वैशाख ३१ मै चुनाव गर्ने, संशोधन प्रस्ताव अघि बढाउने सत्तापक्षको निर्णय

- Advertisement -
- Advertisement -spot_imgspot_img

सभामुख ओनसरी घर्तीले संविधान संशोधन प्रस्तावमा छलफल र मतदान हुने भनिएको संसदको बैठक आगामी बिहिबारसम्मका लागि स्थगित गरेकी छन्। पूर्वसांसद नथुनीसिंह दनुवारको मृत्युमा शोक प्रस्ताव पारित गरेपछि सभामुख घर्तीले अब अर्को बैठक २१ गते बस्ने जानकारी संसदलाई गराईन्।

आजको संसदको कार्यसूचीमा सरकारको संविधान संशोधन प्रस्तावमाथि दर्ता भएका  संशोधन प्रस्तावमा छलफल गर्ने तय थियो।

सत्तारूढ दलले संविधान संशोधनक पक्षमा दुई तिहाई पुगेमा आजै मतदानमा लैजाने  प्रयत्न गरेका थिए। तर, संशोधनका पक्षमा दुई तिहाई पुगेकोमा सरकार आश्वस्थ हुन नसकेको र एमालेले पनि अवरोध गर्नसक्ने सम्भावनाका बिच सभामुखले बैठक सारेकी हुन्।

संसद बैठकले काग्रेस नेता एवम् पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय नथुनी सिंह दनुवार २०४८ सालको आम निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनको ८८ वर्षको उमेरमा वैशाख १० गते उपचारको क्रममा निधन भएको थियो । बैठकमा सभामुख ओनसरी घर्तीले स्वर्गीय नथुनी सिंह दनुवारको शोक प्रस्ताव पढेर सुनाएकी थिइन्। शोक प्रस्ताव पारित गरेपछि संसद बैठक विहिबार अपरान्ह ३ बजे सम्मका लागि स्थगित भएको छ ।

वैशाख ३१ मै चुनाव गर्ने, संशोधन प्रस्ताव अघि बढाउने सत्तापक्षको निर्णय

सत्तारूढ दल माओवादी केन्द्रकी नेतृ सभामुख घर्तिमगरले २१ गतेसम्मका लागि बेठक स्थगित गरेपछि सत्तारूढ दलले संशोधनका पक्षमा दुई तिहाई पुर्‍याउन नसकिएको विश्लेषण गरिएको छ। शनिबार साँझ सेतोपाटीसँग कुरा गर्दै सत्तारूढ दलका एक नेताले संशोधनका पक्षमा दुई तिहाई पुग्ने अवस्था नदेखिए सरकारले प्रस्ताव मतदानमा नलैजाने र प्रक्रिया लम्बिनसक्ने बताएका थिए।

अब संसद बैठक पहिलो चरणको स्थानीय निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्ने मिति १९ गतेभन्दा पछि सरेको छ।

हिजो साँझ बालुवाटारमा बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले वैशाख ३१ गते पहिलो चरणको निर्वाचन सम्पन्न गर्ने र संविधान संशोधनलई पनि यथासिघ्र टुंगोमा पुर्‍याउने निर्णय गरेका थिए। बैशाख-१७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्