27 C
Kathmandu
Sunday, May 16, 2021

एमालेविरुद्ध काँग्रेस खनियो, एमालेमाथि अनेकौ आरोप

- Advertisement -
- Advertisement -spot_imgspot_img

काठमाण्डौ, शनिबार विहान पार्टी केन्द्रीय कार्यालयमा काँग्रेसले निर्वाचनको तयारीको बारेमा पत्रकार सम्मेलन आयोजना गर्‍यो । जहाँ निर्वाचनको तयारी, उम्मेदवार छनौटको विषयमा जानकारी गराउनुपर्ने थियो । तर माहोल विल्कुलै फरक बन्यो । काँग्रेस नेताहरु प्रमुख प्रतिपक्षी दल एमालेविरुद्ध पुरै खनिए ।
उनीहरुले संविधान संशोधन गर्न नदिने एमालेको अडानले नेपाली जनताको अपमान भएको बताएका छन् । उनीहरुले देश र जनताप्रति जिम्मेवार बन्न पनि एमालेलाई सुझाव दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलहरुले पनि निर्वाचनमा भाग लिने वातावरण बनिरहेको भन्दै संविधान संशोधनलाई सहयोग गरेर जिम्मेवार प्रतिपक्षको भूमिका खेल्न एमालेलाई आग्रह गरे ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तराई मधेसलाई मिलाएर कांग्रेस अघि बढ्न खोजे पनि एमालेले समस्या सिर्जना गरिरहेको आरोप लगाए ।

यसैगरी स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिका सहसंयोजक गगन थापाले उनले संविधान संशोधन गर्न नदिने एमालेको अडान आपत्तीजनक भन्दै एमालेको अडानले निर्वाचन बिथोलिएमा आम नेपाली नागरिकको अपमान हुने बताए । एमालेलाई नक्कली राष्ट्रवादको ठेकेदारको संज्ञा दिँदै थापाले प्रदेशको सीमाना तलमाथि भए पनि देशको सिमाना तलमाथि हुन कांग्रेसले नदिने बताए ।

थापाले भने, ‘यसरी प्रचार गरिएको छ मानौं हामीलाई देशको अखण्डताको बारेमा चिन्ता छैन, मानौं हामीलाई राष्ट्रिय एकताबारे चिन्ता छैन, मानौं देशको सार्वभौमिकताकाबारे चिन्ता छैन, देशको स्वाभिमानको बारेमा चिन्ता छैन । देशको स्वाभिमानको ठेक्का लिने नक्कली ठेकेदारको बारेमा कांग्रेस प्रष्ट छ । त्यसकारण हामी आम जनतालाई प्रष्ट पार्न चाहान्छौं, हाम्रा प्रयास र प्रयत्नहरु देशलाई जोड्नका लागि हुन् । हामी भनिरहेका छौं प्रदेशको सिमाना तलमाथि होला तर प्रदेशको सिमाना तलमाथि हुन दिदैनौं ।’ बैशाख-१६, २०७३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्