27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीको कावासोतीमा कांग्रेसको तर्फबाट आकाक्षीलाई गर्यो आदीवासी जनजाती मोर्चाले मेयरमा उम्मेदवार घोषणा, मध्यबिन्दुमा पनि स्वतन्त्र

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । नवलपरासीको कावासोती नगरपालिकामा आदीवासी जनजाती मोर्चाले मेयर पदमा कावासोती नगर विकास समितिका पुर्व अध्यक्ष शुरज गुरुङलाई  उम्मेदवारी दिने धोषणा गरेको छ  भने उप मेयरमा कावासोती नगर विकास समितिका पुर्व अध्यक्ष बिना थनेतलाई आदीवासी जनजाती मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेद्वारी दिने निर्णय गरेको छ । कावासोती १६ मा बसेको आदीवासी जनजाती महासंधको बैठकबाट यस्तो निर्णय भएको हो ।

यस अघि मध्यबिन्दु नगरपालिकाको मेयर पदमा गणेशमान महतोलाई साथै उप मेयरमा श्याम कुमाललाई स्वतन्त्र उम्मेदवारको रुपमा आदीवासी जनजाती मोर्चाको तर्फबाट उम्मेदवारी दिने धोषणा गरेको थियो ।

कावासोतीको मेयरमा र उपमेयरमा प्रस्तावित शुरज गुरुङ र बिना थनैत दुबै जना कावासोती नगर विकास समितिका पुर्व अध्यक्ष हुन,  शुक्रबार आदीवासी जनजाती महासंधका जिल्ला उपाध्यक्ष रमिला भुजेलको अध्यक्षतामा बसेको बैठकले शुरज गुरुङ र बिना थनेतलाई आदीवासी जनजाती मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेद्वारको रुपमा धोषणा गरेको आदीवासी जनजाती महासंधका जिल्ला उपाध्यक्ष रमिला भुजेले जानकारी दिईन ।

कावासोतीको मेयरमा आदीवासी जनजाती मोर्चाले उम्मेदवारी दिने निर्णय गरेका सुरज गुरुङ नेपाली कांग्रसका तर्फबाट आफुलाई मेयर पदको लागी सिफारिस गरिदिन दौडधुपमा थिए । अचनाक आदीवासी जनजाती मोर्चाले उम्मेदवारी दिने निर्णय गरे पछि कावासोतीमा एक किसिमको तरंग पैदा भएको छ ।

त्यस्तै बैठकले कावासोती नगरपालिकाको ३ बटा वडामा बडा अध्यक्षका उम्मेद्वार समेत चयन गरेको छ ।
कावासोती नगरपालिकाको ३ नं. बडामा टेक बहादुर पुन बडा नं. ७मा हिरालाल गुरौ र १७ नं. बडामा कृष्ण गुरौलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । बैशाख-१६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्