27 C
Kathmandu
Sunday, May 16, 2021

बुलिङ्टार गाउपालीकामा १० हजार ४ सय ४६ मतदाता, ६ वटा मतदान स्थल र १२ वटा मतदान केन्द्र

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, दयाराम आचार्य । नवलपरासीमा रहेका १५ वटा स्थानिय तहहरु मध्यको एक हो बुलिङ्टार गाउपालीका  । बुलिङ्टार गाउपालीका नवलपरासी जिल्लाको पहाडी गाउपालीका मध्यको एक गाउपालीका हो । यस गाउपालीकामा कुल १० हजार ४ सय ४६ मतदाता रहेका छन ।बुलिङ्टार गाउपालीका लाई ६ वटा वडामा बिभिाजन गरीएको छ ।

आउदै गरेको स्थानिय तहको निर्वाचनको लागि बुलिङ्गटार गाउपालीकामा ६ वटा मतदान स्थल तोकीएको छ भने यहा १२ वटा मतदान केन्द्र रहनेछन । बुलिङ्टार गाउपालीकामा रहेका ६ वटा वडा मध्य सबै भन्दा बढि मतदाता वडा नम्बर ४ मा रहेका छन भने सबै भन्दा कम मतदाता वडा नम्बर ५ मा रहेका छन ।

बुलिङ्टार गाउपालीकाको १ नम्बर वडामा कुल १ हजार ७ सय ८० मतदाता रहेका छन । भने १ नम्बर वडाका लागी छत्तिसादेवी मावि थाम्बेसीलाई मतदान स्थल तोकीएको छ भने यहा दुइ वटा केन्द्र रहने छन ।

२ नम्बर वडामा १ हजार ४ सय ३७ मतदाता रहेका छन भने ,२ नम्बर वडाका लागी देववडाचुली मावि टाणीलाई मतदान स्थल तोकीएको छ ,यहा २ वटा मतदान केन्द्र रहने छन ।

यसै गरी ३ नम्बर वडामा कुल २ हजार ५३ मतदाता रहेका छन । ३ नम्बर वडाका लागी त्रिभुवन मावि बाझगरालाई मतदान स्थल केन्द्र निर्धारण गरीएको छ ,यहा पनि २ वटा मतदान केन्द्र रहने छन ।

बुलिङ्टार गाउपालीकाको वडा नम्बर ४ मा कुल २ हजार ८४ मतदाता रहेका छन ।यो मतदाता संख्या अनय वडामा रहेका मतदाता सख्या भन्दा बढि हो । अर्थात ४ नम्बरमा सबै भन्दा बढि मतदात रहेका छन । ४ नम्बर वडाका लागी साविक गाविस भवन अर्खलालाई मतदान स्थल तोकीएको छ भने ४ नम्बर वडाका लागी पनि २ वटा मतदान केन्द्र तय गरीएको छ ।

यसैगरी सबै भन्दा कम मतदाता रहेको वडा हो वडा नम्बर ५ । ५ नम्बर वडामा कुल १ हजार २ सय ५८ मतदाता रहेका छन । यहाको लागी उदयमावि जौवारीलाई मतदान स्थल तय गरीएको छ । यहा २ वटा मतदान केन्द्र रहने छन ।

बुलिङ्टार गाउपालीकाको ६ नम्बर वडामा १ हजार ८ सय ३४ मतदाता रहेका छन । ६ नम्बर वडाका लागी शिवमावी अतरौलीलाई मतदान स्थल तोकीएको छ भने ,यहा पनि २ वटा मतदान केन्द्र रहनेछन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्