27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीमा दुई चरणमा चुनाव, यस्तो हुने भो जिल्ला टुक्रीदाको संरचना

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा ।  नवलपरासीमा दुई चरणमै निर्वाचन हुने भएको छ । स्थानीय निर्वाचन प्रयोजनका लागि सरकारले जिल्लाको कुन कुन भाग कुन प्रदेशमा पर्ने विषय टुंग्याएको छ ।

संविधानले नवपलपरासीलाई टुक्रयाएर प्रदेश नम्बर ४ र ५ मा राखेको छ । जिल्लाको कुन कुन गाउँपालिका वा नगरपालिका प्रदेश नम्बर ४ र  ५  मा पर्‍यो सिमाना स्पष्ट पारे संगै अब चुनाव यस अघि निर्वाचन आयोगको तालिका अनुसार नै हुने पक्का भएको छ ।

सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय लिएपछि प्रदेश नम्बर ४ मा पहिलो चरणको बैशाख ३१ मा तथा प्रदेश नम्बर ५ मा दोस्रो चरणको जेठ ३१  निर्वाचन हुने भएको छ ।  निर्वाचन आयोगले नवपलरासीका स्थानीय तहहरु जुन जुन प्रदेशमा परेका छन् त्यही अनुसार ती स्थानहरुमा पहिलो र दोस्रो चरणमा निर्वाचन हुने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दुई जिल्ला टुक्रिएर कुन कुन प्रदेशमा परेको सिमाना स्पष्ट पारेर मन्त्रिपरिषदमा प्रस्ताव पठाएको थियो । संविधानले नवलपरासीको बर्दघाट सुस्ता पूर्वलाई प्रदेश नम्बर ४ मा र पश्चिमको भूभागलाई प्रदेश नम्बर ५ मा तोकेको छ ।
नवपलरासीको त्रिवेणी सुस्तालाई लिएर मात्रै समस्या थियो । त्रिवेणी सुस्ताको वडा नम्बर ६ र ७ लाई विनयी गाउँपालिकामा मिसाइएको बताए । अब बिनयी गाउँपालिकाको नाम बिनयी त्रिवेणी भएको छ ।

नवलपरासीको सुनवल, रामग्राम, बर्दघाट नगरपालिका तथा पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिका प्रदेश नम्बर ५ मा परेका छन् । यसअघि त्रिवेणी सुस्ता नाम रहेकोमा त्यहाँको दुईवटा वडा बिनयीमा मिसिएपछि अबको नाम सुस्ता गाउँपालिका मात्रै भएको छ ।

बाँकी देवचुली, गैडाकोट, कवासोती, मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार, बुङदिकाली, हुप्सेकोट गाउँपालिका प्रदेश नम्बर ४ मा परेका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्