27 C
Kathmandu
Tuesday, January 19, 2021
2021 Jan 19, Tuesday 11:08

TRENDING .

नवलपरासी प्रदेश ४ र ५ को सिमा बिबाद टुंग्यायो सरकारले

- Advertisement -

काठमाडौं । सरकारले  प्रदेश नम्बर ४ र ५ मा पर्ने नवलपरासीको भूभाग छुट्टाएको छ । नवलपरासीका त्रिवेणी गाउँ विकास समितिको वडा नम्बर ६ र ७ लाई विनयी गाविसमा गाभेर प्रदेश नम्बर ४ मा राखेको छ । नवलपरासीको पहिला सिमांकन गरिएको दाउन्ने पश्चिमको बाँकी भूभाग भने प्रदेेश नम्बर ५ मै रहनेछ । संविधानमा नवलपरासीको बर्दघाट सुस्ता पश्चिम प्रदेश नम्बर ५ र पूर्व प्रदेश नम्बर ४ मा रहने उल्लेख छ । साथै रुकुमका तत्कालीन ११ गाविसलाई प्रदेश नम्बर ५ मा राख्ने निर्णय समेत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आमस्मिक बैठकले रुकुमको तत्कालीन सिस्ने लगायतका ११ वटा गाउँ विकास समितिलाई पाँच नम्बर प्रदेशमा राख्ने निर्णय गरेको छ । बाँकी भाग भने ६ नम्बर प्रदेशमा नै रहनेछ । संविधानमा रुकुमको पूर्वी भाग प्रदेश नम्बर ५ र पश्चिम भाग प्रदेश प्रदेश नम्बर ६ मा रहने उल्लेख छ । तर, प्रष्ट सीमांकन नभएको भन्दै निर्वाचन आयोगले सरकारलाई निर्णय गर्न आग्रह गरेको थियो । त्यसअनुसार नै सरकारले यो निर्णय गरेको हो ।

बैशाख-१३, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्