27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीमा प्रदेश सिमा नटुंगिदा जिल्ला निर्वाचन कार्यालय अन्योलमा, निर्वाचन कार्यालय स्थापना हुन सकेनन्

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । स्थानीय तहको निर्वाचन दुई चरणमा गरिने सरकारको निर्णय संगै दुई प्रदेशमा विभाजित नवलपरासीमा सीमानाको टुंगो नलाग्दा अन्योल बढेको छ । कुन स्थानमा कहिले निर्वाचन गर्ने भन्ने टुंगो नभएपछि अन्योलता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।त्यसै कारण जिल्लामा आज सम्म कतिपय नगरपालिका र गाँउ पालिकामा निर्वाचन कार्यालय स्थापना हुन सकेको छैन ।

संविधानमा नवलपरासीलाई प्रदेश कायम गर्दा दाउन्ने पुर्वको भागलाई ४ नंम्बर प्रदेशमा र दाउन्ने पश्चिमको भागलाई ५ नम्बर प्रदेशमा विभाजन गरीएको छ । नवलपरासीको नवलपुर क्षेत्रमा समेत निर्वाचन कार्यालयहरु स्थापना हुन सकेको छैन । प्रदेश विभाजन गर्दा  यहाँ रहेका अन्य  गाउँपालिका र नगरपालिकाका सिमानाका बारेमा प्रस्ट उल्लेख गरिएको छैन । संविधानमा प्रदेशको सबै सिमाना प्रस्ट नपारिएका कारण यहाँ दुई चरणको निर्वाचन कुन कुन स्थानमा कहिले गर्ने रु भन्ने अन्योल बढेको हो । संविधानमा बर्दघाटदेखि त्रिवेणी सुस्तादेखि पूर्वको भाग ४ नम्बर प्रदेश र बर्दघाटदेखि त्रिवेणी सुस्ता पश्चिमको भाग ५ नम्बर प्रदेशमा रहने उल्लेख छ ।

संविधानमा तत्कालीन अवस्थाका कुन कुन नगरपालिका वा गाविस कता रहने ९४ वा ५ नम्बर प्रदेशमा भन्ने प्रस्ट किटान नगरिएका कारण पहिलो स्थानीय तहको निर्वाचनमै अन्योल बढेको हो । ‘प्राविधिकरुपले समस्या देखियो । छिटो निर्णय चाहिने भयो’जिल्ला निर्वाचन कार्यालय नवलपरासीका प्रमुख अयोध्याप्रसाद भण्डारीले भने–‘आजै मतदाता नामावलीसहित निर्वाचन कर्मचारीलाई खटाउने भनेको हो । कसरी कता खटाउने र नखटाउने भन्ने अन्योलमा परें’ उनले भने । निर्वाचन कार्यालय प्रमुख भण्डारीले संविधानमा सीमा मानिएको बर्दघाट नगरपालिकामानै निर्वाचन वैशाख ३१ गते गर्ने वा दोस्रो चरणमा भन्ने अलमलमा परेको जनाए । बैशाख-१३, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्