काठमाण्डौ, नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले हिरासतमा लिएको हो ।सिलवालसँगै थापालाई पनि प्रहरीले हिरासतमा लिएको अधिवक्ता टिकाराम भट्टराईले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ ।आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् । बैशाख-११, २०७४