27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 01:07

TRENDING .

जेठ १५ गते बजेट ल्याउन नदिने एमाले अध्यक्ष ओलीको चुनौतीपछि सकसमा बजेट

- Advertisement -

कावासोती, दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल सकसमा परेका छन्। बजेट ल्याउन प्रतिपक्षको विश्वास जित्ने उद्देश्यसाथ प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको एजेन्डा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनी सकसमा परेको छ।

‘बजेट जारी भएको १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव प्रचारका लागि थुप्रै कुरा राख्ने, त्यसैलाई प्रचार गर्दै जाने कुरा एमालेलाई स्वीकार्य हुँदैन’, प्रधानमन्त्री दाहालसँग आफ्नै निवास बालकोटमा भेटेपछि ओलीले भने।सरकार जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यतामा छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनसँग शनिबार भएको सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ।

एक मन्त्रीका अनुसार जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था परिवर्तन गरी असार दोस्रो साता बजेट ल्याउने व्यवस्था गर्ने, जेठ १५ गते बजेटका सैद्धान्तिक पक्ष मात्रै राखेर असार दोस्रो साता औपचारिक बजेट प्रस्तुत गर्नेजस्ता विकल्पमाथि उच्च तहमा छलफल भइरहेको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकमा पनि यसबारे अनौपचारिक छलफल भएको थियो। संविधानमा भएको व्यवस्थालाई मन्त्रिपरिषद्ले फेरबदल गर्न सक्दैन। ‘जेठ ३१ गते चुनाव गर्ने हो भने त्योभन्दा अगाडि बजेट ल्याउन पाइँदैन’, ओलीले प्रधानमन्त्री दाहाललाई प्रस्ट जवाफ दिए।

स्रोतका अनुसार मधेसी मोर्चा र संघीय गठबन्धनसँग शनिबार छलफल हुँदा वैशाख ३१ को चुनाव दाहाल नेतृत्वको सरकारले गर्ने र जेठ ३१ को चुनाव कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्नेबारे पनि छलफल भएको थियो। तर, त्यो छलफल कुनै निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ।

‘प्रधानमन्त्री दाहाल दुवै चरणका चुनाव आफ्नै नेतृत्वमा गराउन चाहनुहुन्छ र बजेट पनि आफ्नै नेतृत्वको सरकारले ल्याउन चाहनुहुन्छ’, माओवादी केन्द्रका एक मन्त्रीले भने, ‘प्रतिपक्षको विश्वासमा लिनुपर्ने चुनौती छन्।’ती मन्त्रीका अनुसार बजेट कसरी र कहिले ल्याउने भन्नेबारे उच्चस्तरीय राजनीतिक समझदारी बन्नुपर्ने देखिएको छ। संविधान संशोधन, दुई चरणको निर्वाचन, बजेट ल्याउने समय र विधि, मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयनमा एमालेको लचिलोपन खोज्न प्रधानमन्त्री दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवासमा पुगेका हुन्।

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेटका लागि संविधान संशोधन गर्ने प्रस्तावमाथि आइतबार आफ्नो पार्टीभित्र छलफल गराएका थिए। माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आइतबार बालुवाटारमा बसेको बैठकमा बजेटका लागि संविधान संशोधन गर्ने विषयमा छलफल भएको हो।

मधेसकेन्द्रित दललाई आन्दोलनबाट निर्वाचनमा सहभागी गराउन संविधान संशोधन गर्न सहमति जुटाउने प्रयास पेचिलो बनिरहेका बेला प्रधानमन्त्री सहभागी रहेको बैठकमा बजेटका लागि संविधान संशोधनबारे छलफल भएको हो। ‘प्रमुख प्रतिपक्षी दल तयार भएमा बजेटका लागि संविधान संशोधन गर्न सकिन्छ’, ती नेताले भने।

‘जेठ १५ गते बजेट संसद्मा पेस गर्नै पर्ने संवैधानिक व्यवस्थाले गणतन्त्र दिवसलाई ओझेलमा पार्यो। गणतन्त्र दिवसलाई विशेष रूपमा मनाउन पनि जेठ अन्तिम साता वा असार दोस्रो साता बजेट ल्याउन मिल्ने गरी संविधान संशोधन गर्नुपर्ने आवाज उठेको छ’, बैठकमा सहभागी एक नेताले अन्नपूर्णसँग भने।संविधानमा जेठ १५ मा बजेट ल्याउने व्यवस्था गरिएको छ। ०६४ मा जेठ १५ लाई गणतन्त्र दिवस मनाउने निर्णय गरिएको थियो।’संविधान घोषणा गर्ने बेलामा जेठ १५ गते गणतन्त्र दिवस पर्छ भन्ने कुरा नेताले बिर्सिएका कारण यस्तो भएको हो’, अर्का एक नेताले भने। खबर आजको अन्नपूर्णमा रेवती सापकोटाले लेखेका छन्। बैशाख-११, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्