27 C
Kathmandu
Wednesday, May 19, 2021

दुर्घटनाका घाइतेको उपचार नगरेको भन्दै मणिपाल अस्लपतालका डाक्टर नियन्त्रणमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

पोखरा, मुस्ताङको कागबेनीमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालले उपचार नगरेपछि पोखराको फूलबारी क्लबले डाक्टरलाई नियन्त्रणमा लिएको छ।

शनिबार साँझ अस्पतालको गेटमा तालाबन्दी गरेको क्लबले आइतबार बिहान आन्दोलनमा रहेका डाक्टरलाई नियन्त्रणमा लिएको हो। उनीहरुले डाक्टर दीपक कोइराला र डाक्टर ओमलाई नियन्त्रण लिएको क्बलका सदस्य नारायण आर्चायले जानकारी दिए।

आन्दोलनमा संलग्न अन्य डाक्टर आए पछि उनीहरुलाई राखेर वार्ता गर्ने अस्पताल सञ्चालनमा गर्न पहल गर्ने उनले बताए। डाक्टरलाई अहिले प्रहरीले शुरक्षा दिएको छ।

मुस्ताङको कागबेनीमा भएको दुर्घटनाका गम्भीर घाइतेलाई अस्पतालले उपचार गर्न अस्वीकार गरी फर्काइदिएको थियो। कागबेनीमा भएको दुर्घटनालगत्तै हेलिकोप्टरबाट शनिबार दिउँसो पोखरा ल्याइएका घाइतेलाई मणिपालले आपतकालिन उपचार दिन अस्वीकार गरेपछि पोखराकै अन्य अस्पताल लैजानुपरेको थियो ।

कागबेनीमा बस दुर्घटनामा परेर गम्भीर घाइते भएका १४ जनालाई सेनाको हेलिकोप्टरबाट मणिपाल अस्पताल ल्याइएको थियो।

मणिपालमा उपचार नभएपछि फिस्टेल हस्पिटलमा ८, गण्डकी मेडिकल कलेजमा ४, मेट्रोसिटीमा १ र फेवासिटीमा १ जना घाइतेलाई उपचारका लागि लगिएको थियो । बैशाख-१०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्