27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:51

TRENDING .

नवलपरासीबाट यसरी हुदैछन ३४७ महिला प्रतिनिधि चयन

- Advertisement -

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नवलपरासी जिल्लाबाट करिब ३४७ जना महिला प्रतिनिधि चयन हुने भएका छन् ।

विभिन्न राजनीतिक दलहरुबाट विभिन्न पदमा प्रतिनिधि चयन हुने भएका हुन् जसमध्ये कम्तीमा १६६ जना दलित महिला जनप्रतिनिधि चयन हुँदैछन् ।राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ । यता गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ ।

साथै, प्रत्येक नगरपालिकामा वा गाउँपालिकामा चयन हुने चारजना वडा सदस्यमध्ये दुईजना महिला अनिवार्य छ जसमध्ये एकजना दलित महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ ।

जिल्लामा हाल कायम भएको १५ वटा स्थानीय तहबाट ती महिला जनप्रतिनिधि चयन हुन लागेका हुन् । नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् ।

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिनुभयो ।

नगरपालिकाको हकमा एकजना प्रमुख, एकजना उपप्रमुख, प्रत्येक वडामा वडा अध्यक्ष र प्रत्येक वडामा चार–चारजना वडा सदस्य चयन हुनेछन् जसमध्ये वडा सदस्यको हकमा दुईजना खुल्ला, एकजना महिला र अन्य एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान छ ।

राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुख र गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्ने भए पनि स्वतन्त्र उम्मेदवारको हकमा सो प्रावधान लागू छैन ।

नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा (माले), नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नवलपरासीमा कुल तीनलाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ जसमध्ये पुरुष मतदाता एक लाख ८० हजार ३१६ रहेको छ भने महिला मतदाता एक लाख ८९ हजार ५९४ रहेको छ । यसैगरी आठजना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गरेका छन् । –रासस, बैशाख-८, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्