27 C
Kathmandu
Sunday, May 16, 2021

मधेसवादी पाँच दलबीच एकता, पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’

- Advertisement -
- Advertisement -spot_imgspot_img

पाँच मधेसवादी दलबीच पार्टी एकता भएको छ। तराई मधेसका तमलोपा, सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच बिहिबार राजाधानीमा एक कार्यक्रम गरी पार्टी एकता भएको घोषणा गरेका हुन्। कार्यक्रममा पाँच दलबीच एकतापछिको पार्टीको नाम, चुनाव चिन्ह, झण्डा समेत सार्वजनिक गरिएको छ ।

बुधबार राति अबेरसम्म ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गर्दै आजै एकताको घोषणा गर्ने निर्णय गरेको थियो। एकीकृत नयाँ पार्टीको झण्डामा तीन रङ रातो, सेतो र हरियो मिसिएको छ । रातो क्रान्ति, सेतो शान्ति र हरियोले समृद्धिको संकेत गर्ने नेताहरुले बताएका छन्।

पार्टी सञ्चानका लागि अध्यक्षमण्डल बनाउने र सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलको नेता रहनेछन्। महन्त ठाकुरले अध्यक्ष मण्डलको नेतृत्व गर्नेछन्।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्