27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:53

TRENDING .

प्रेमी र प्रेमिकालाई निर्वस्त्र गरेर पूरा गाउँ घुमाए

- Advertisement -

राजस्थानको एक गाउँमा प्रेम सम्बन्धका कारण रिसाएका मानिसहरु निकै डरलाग्दो कारवाहीमा उत्रिएका छन् । यहाँका केही मानिसहरुले प्रेमी र प्रेमिकालाई निर्वस्त्र गरेर पूरा गाउँ घुमाएका छन् । उनीहरुमाथि कुटपिट पनि गरियो । उक्त घटनाको भिडियो पनि बनाइयो । पुलिसले मुद्दा दर्ता गरेर महिलाको पितासहित चार आरोपीलाई पक्राउ गरेको छ ।

जानकारीका अनुसार बांसवाडा जिल्लाको कलिजंरा थानाको शम्भुपूरा गाउँका एक युवक र युवतीबिच प्रेम सम्बन्ध थियो । जसका कारण उनीहरुले मार्च २२ तारिखमा घरबाट भागे । युवतीका परिवारले केहि दिन अघि उनीहरु गुजरातमा भएको जानकारी पाएपछि त्यहाँ पुगे । ती दुबैलाई सम्झाएर पछिल्लो आइतबार गाउँमा ल्याइयो ।

गाउँ आएपछि परिवार र केही मानिसहरुले प्रेमी र प्रेमिकालाई निर्वस्त्र पारेर पुरा गाउँ घुमाएको बताइएको छ । निर्वस्त्र प्रेमी र प्रेमिकाको भिडियो भाइरल भएपछि मात्र पुलिस प्रशासनलाई यसबारे जानकारी भयो ।

जिल्ला कलेक्टर भगवती प्रसादका अनुसार एक युवक र युवतीलाई निर्वस्त्र गरेर पिटाइ गरिरहेको भिडियो सार्वजनिक भएको छ । यसबारे आफूलाई बुधबार रातीमात्र जानकारी आएको बताए । यस घटनामा संलग्न भएको आरोपमा युवतीका पितासमेत २० जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।एजेन्सी, बैशाख-७, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्