24.1 C
Kathmandu
Friday, March 29, 2024
Flowers in Chania

सरकारी विद्यालयमा भर्ना गर्न प्रवेश परीक्षा

- Advertisement -Flowers in Chania

कावासोती, सरकारी विद्यालय प्रति अभिभावकहरुको विश्वास गुमिरहेको अवस्थामा कावासोती स्थित शिव माविमा भने विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा सञ्चालन भएको छ ।  स्थानीय वोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरु निजी विद्यालयको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गरेको भन्दै शिव माविमा भर्ना गर्न लालयीत हुदै प्रवेश परीक्षा दिन आएका हुन।  बुधबार विद्यालयमा सञ्चालन भएको प्रवेश परीक्षामा कक्षा ६ देखि ९ सम्म २ सयजना विद्यार्थीहरु परीक्षामा समावेश भएका थिए । तिनीहरु मध्ये १ सय १७ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन प्रसाद पौडेलले जानकारी दिए ।
कक्षा नर्सरी देखि कक्षा १० सम्म अग्रेजी माध्यममा पठन पाठन गराउने शिव माविले २०७१ र ०७२ सालको प्रवेशिका परीक्षामा जिल्ला प्रथम र भर्खरै सम्पन्न कक्षा ८ को परीक्षामा जिल्ला प्रथम को नतिजा दिएर आफुलाई अब्बल गरेका कारण आफुहरु आकर्षित भएको कक्षा ८ मा छोरालाई भर्ना गराउन विद्यालय आएका पिठौलीका प्रेम भुसालले बताए।
विद्यालय तहका सवै कक्षा अग्रेजी माध्यममा पढाएर गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोले पनि चर्काे शुल्क तिरेर गुणस्तरीय शिक्षाका लागि निजी विद्यालय धाउन नपर्ने भन्दै आफ्नो बच्चालाई भर्नाका लागि प्रवेश परीक्षा दिलाउन ल्याएको कावासोतीका हिरा परियारले बताए । निजी विद्यालयको शुल्क महंगो सामुदायिकमा सस्तो अव किन नीजिमा पढाउने भनेर आफ्ना तीन जना छोराछोरीहरु लाई क्रमश कक्षा ६, ८ र ९ मा भर्ना गर्नका लागि परीक्षा दिलाउन ल्याएको उनले बताए।
शिव माविमा कक्षा ६ देखि ९ सम्म भर्नाका लागि परीक्षा लिने गरेको र तल्लो कक्षाहरुमा विद्यार्थिहरुको मार्कसिट र सर्टिफिकेटको आधारमा भर्ना गरिने गरेको सहायक प्रअ पौडेलले बताए ।  अहिले नवलपरासीका १ सय २२ विद्यालयले अग्रेजी माध्यममा पढाई सुरु गरेको जिल्ला शिक्षा कार्यालय नवलपरासीले जनाएको छ । बैशाख-६, २०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्