27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीमा लगातार दुर्घटना, आज भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, नवलपरासी जिल्लामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने २८ जना घाईते भएका छन । पूर्व पश्चिम राजमा अन्र्तगत चोरमारा र अरुणखोलाको बिच जंगलमा पश्चिम बाट पूर्व तर्फ  आउदै गरेको ना ६ ख ८४ ३२ नम्बरको बस आफै अनियन्त्रित भई पल्टिदा बसमा सवार बाके जिल्ला बैदापुर ४ बस्ने ४५ बर्षका डिल्लिाराम डागिको मृत्यु भएको छ । उनको उपचारको क्रममा भरपुरमा ज्यान गएको हो ।  दुर्घटनामा परी अन्य २० जना घाईते भएका छन् ।   यस्तै जिल्लाको बर्दघाटमा आज बिहान साढे ६ बजेको समयमा ट्याक्टर अनियन्त्रत भई पल्टिदा एक जनाको मृत्यु भएको छ , ८ जना घाईते भएका छन । ईलाका प्रहरी कार्यालय बर्दघाटले दिएको जानकारी अनुसार बर्दघाट ११ भित्रि सडक खण्डमा गैडहवा बाट बर्दघाट तर्फ आउदै गरेको लु ३ प १०३९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पल्टदा भारत बिहार बहुअरवा बस्ने अन्दाजि बर्ष ६० का मदन महतोको मृत्यु भएको हो । दुर्घटनामा परी घाईते महत्तोको उपचारको क्रममा परासी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ८ जना घाईते भएका छन । घाईतेको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ ।बैशाख-५, २०७३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्