27 C
Kathmandu
Wednesday, May 19, 2021

बोसिया संघको आयोजनामा नवलपरासीमै पहिलो पटक अपांगहरुको खेल प्रतियोगिता

- Advertisement -
- Advertisement -spot_imgspot_img

शनिवार अपाङ्गता भएका व्यक्तीहरुका लागि चेतनामुलक बोसिया खेलकुद प्रशिक्षण तथा प्रतियोगिता देवचुली नगरपालिका दलदलेमा भएको छ ।  युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय खेलकुद परिषद मार्फत् नेपाल पारा ओलम्पिक कमिटीको सहयोगमा नेपाल बोसिया संघको आयोजनामा नवलपरासीमै पहिलो पटक यस्तो प्रतियोगिता भएको हो ।

प्रतियोगितामा नवलपरासी जिल्लाभरिका १८ जना अपाङ्गता भएकाहरुले सहभागिता जनाएका थिए । ३ चरणमा खेलाईएको प्रतियोगितामा शुशन दवाडी , कमल भुषाल र उज्जवल गुरुङ्गको समुह प्रथम भएको थियो । अपाङ्गता भएकाहरु पनि खेलकुदमा सहभागि हुन सक्छन भन्ने उदेश्यले यसरी प्रतियोगिताको आयोजना गरिएको हो।
नेपाल बोसिया संघकी केन्द्रिय अध्यक्ष गोमादेवी पौडेलले बोसिया खेल अन्तराष्ट्रिय स्तरमा अपाङ्गता भएकाहरुले खेलिने खेल भएको बताईन । उनले देशका मुख्य शहरहरुमा खेल विस्तार गरिरहेको र अब ग्रामिण स्तरमा पनि यस खेलको विस्तार गर्नका लागि अग्रसर भएको बताईन । बोसिया खेलले अपाङ्गता भएका व्यक्तीहरुको शारिरीक मानसिक रुपमा नै सहयोग पुर्याउने पौडेलको भनाई छ ।
बोसिया खेललाई सहि ढंगबाट विस्तार र विकास गर्नुपर्नेमा अपाङ्गताका क्षेत्रमा काम गर्नेहरुले कार्यक्रममा माग गरेका थिए । बोसिया संघकी बोर्ड सदस्य गोमा घिमिरे दवाडीले यस खेलका लागि सबैको सहयोग र साथ रहनुपर्ने बताईन ।
यस्तै कार्यक्रममा बोल्दै युवा स्वरोजगार कोष नवलपरासीका सदस्य सचिव पृतम भुजेलले अपाङ्गता भएका ब्यक्तिहरुलाई अवशरको खाचो रहेको र यसका लागि सबैले उनिहरुलाई अवशरको शिर्जना गर्नु पर्ने बताए ।
अपाङ्ग खेलकुद संघ नवलपरासीका अध्यक्ष नारायण कुर्मीले धेरै अगाडिबाट नै जिल्लामा अपाङ्गता भएकाहरुका लागि बोसिया खेल आयोजना गर्ने योजना भएको भए पनि आर्थिक अभावका कारण नसकिएको बताए । आउदा दिनमा जिल्ला अपाङ्ग खेलकुद संघले यस खेलको जिल्लामा विकास गर्नका लागि पहल गर्ने बताए । बैशाख-३, २०७३

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्