27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 11:23

TRENDING .

अमेरिकाद्वारा अफगानिस्तानमा अहिलेसम्मकै शक्तिशाली बम प्रहार, प्रयोगशाला बनाएको भन्दै आक्रोस

- Advertisement -

काठमाडौं– अमेरिकी सेनाले अफगानिस्तानमा हालसम्मकै सबैभन्दा शक्तिशाली गैर परमाणु बम प्रहार गरेको छ । यो बम इस्लामिक स्टेट समूह विरुद्ध रहेको पेन्टागनले जनाएको छ । बम अहिलेसम्म कुनै पनि द्वन्द्वमा प्रयोग गरेमध्येको सबैभन्दा शक्तिशाली रहेको दाबी गरिएको छ । उक्त बमको शक्ति ११ टन टिनटी बराबर भएको बताइएको छ ।

‘मदर अफ अल बम्स’ भनिने उक्त बम इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुलाई लक्षित गरी पूर्वी अफगानिस्तानको नाङ्गहार प्रान्तमा खसालिएको थियो । एक जना स्थानीय गभर्नरले बिस्फोटन भएको ठाउँमा निक्कै उचाईसम्म आगोको लप्का देखिएको बताएका छन् ।बीबीसीका अनुसार अमेरिकी विमानमार्फत अफगानिस्तानको नाङ्गहार प्रान्तस्थित आचिन जिल्लामा झण्डै नौ मिटर लामो उक्त बम खसालिएको थियो । पाकिस्तानी सीमा नजिकै अवस्थित गुफै गुफा रहेको उक्त दुर्गम पहाडी क्षेत्रमा पातलो मानवबस्ती रहेको बीबीसीले बताएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर भनेका छन्, ‘हामीले सुरुङ र गुफाहरुलाई निशाना बनायौँ जून इस्लामवादी जिहादीहरुले निर्वाध हिडँडुल गर्न प्रयोग गर्थे र त्यहाँ लुकेर अमेरिकी तथा अफगान फौजलाई आक्रमण गरिरहन्थे । अमेरिकाले इस्लामिक स्टेट विरुद्धको लडाईंलाई गम्भिरतापूर्वक लिएको छ र उनीहरुलाई पराजीत गर्न उनीहरुको क्षमता कमजोर बनाउनैपर्छ ।’ स्थानीय समय साँझको साढे सात बजे तिर प्रहार गरिएको उक्त बम बिस्फोटनको अवाज दुई वटा छिमेकी जिल्लाहरुमा सुनिएको जनाइएको छ।

अमेरिकी अधिकारीले विस्फोटनको परिणामबारे केहि बताएका छैनन् तर एक जना स्थानीय अधिकारीले एक जना जिहादी नेताका भाई सहित दर्जनौँ मारिएको बीबीसी पस्तोलाई बताएका छन् ।

एकदमै ठूलो र भूउपग्रह प्रणालीबाट निर्देशित उक्त बम कुनै पनि फौजी कारबाहीमा पहिलो पटक प्रयोग गरिएको ठानिएको छ।

बिशेष किसिमको विमानबाट प्यारेसुट मार्फत खसाइने उक्त बमले ठूलो भूभागमा बिस्फोटन गराउने समार्थय राख्छ।

बीबीसीका रक्षा तथा कुटनीतिक संवाददाता जोनाथन मार्कस भन्छन्, ‘अफगानिस्तानमा प्रहार गरिएको बम अमेरिकी सेनासँग भएको सबैभन्दा शक्तिशाली परम्परागत किसिमको हतियार हो ।’

उनका अनुसार ट्रम्प प्रशासनको अफगानिस्तान नीति अझै पनि विचाराधीन छ तर पछिल्लो आक्रमणले इस्लामिक स्टेटका जुन सुकै स्थानमा रहेका निशानामा आक्रमण गर्न अमेरिका तत्पर रहेको शक्तिशाली सन्देश दिएको छ।

अफगानिस्तानमा रहेका अमेरिकी फौजका कमान्डर जेनरल जन निकोलसनले इस्लामवादी जिहादीहरु विरुद्धको लडाइंलाई तीव्र पार्न उक्त बम ‘सही हतियार’ भएको बताए। अफगानिस्तानको राष्ट्रपति कार्यालयका एक जना प्रवक्ताले सो विस्फोटले ठूलो क्षति गराएको जनाएका छन् । तर पूर्व राष्ट्रपति हमिद कारजाईले उक्त बमको प्रयोगलाई अमानवीय भन्दै निन्दा गरेका छन्। उनले अमेरिकाले अफगानिस्तानलाई प्रयोगशाला बनाएको भन्दै अमेरिकालाई रोक्न अफगानहरु नै लाग्नुपर्ने धारणा राखे। बीबीसीबाट

बैशाख १, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्