27 C
Kathmandu
Wednesday, May 19, 2021

अभिभावक लुट्दै नीजि विद्यालय, सरकारी निकाय रमिते : मन्टेश्वरीकै शुल्क एक लाख पचास हजार

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरकारले ध्यान दिन नसक्दा अभिभावक यस वर्षमा पनि ठगीमा पर्ने भएका छन् । सरकारी बेवास्थाका कारण नीजि विद्यालयले अभिभावकलाई खुलमखुल्ला ठगी गर्नका लागि वातावरण पैदा गरेको छ ।अभिभावक लुट्नेमा सबैभन्दा बढी एमाले निकटका विद्यालय बढी रहेका छन् । उनीहरु सरकारले नै यति शुल्क लगाएको भन्दै दोष जति सरकालाई थोपेर लुटिरहेका छन् । तर शिक्षा मन्त्री धनीराम पौडेल भने देखेको नदेख्यै गरेर अभिभावक लुट्न सहयोग गरिरहेका छन् ।
शैक्षिक शत्र सुरु हुन तीन दिन मात्र बाँकी रहे पनि उपत्यकाका निजी विद्यालय सञ्चालकले विद्यार्थीबाट लिन पाउने शुल्कको सीमाका विषयमा अझै निर्णय हुन सकेको छैन ।आजको जन आह्वान साप्ताहिकमा  यो खबर छ ।

राजधानीका विद्यालयले मन्टोस्वरीमा भर्नाका लागि मात्रै एक लाख ५० हजार भन्दा बढी रकम उठाएका छन् । तर शुल्क अनुगमन गर्ने जिल्ला शिक्षा कार्यालय र जिल्ला शिक्षा अधिकारी नीजि विद्यालयले दिएको मेजमानीमा रमाएर बसेको भन्दै अभिभावकले आपत्ति जनाएका छन् ।

सामान्य विद्यालयले पनि विद्यार्थीसँग भर्ना, पुस्तक, कापी तथा कलम, पुस्तकालय तथा शैक्षिक तथा अन्य शुल्कको नाममा एकमुष्ठ रुपमा रकम उठाएका छन् । कानुनतः नयाँ भर्नाको नाममा शुल्क उठाउन पाइदैन । तर सरकारी निकायको कमजोरीका कारण अभिभावक चर्को शुल्कको मारमा परेका छन् ।
काठमाडौँ उपत्यकामा मात्रै नभइ देशभर नै नीजि शैक्षिक संस्थाले मनलाग्दी तवरले शुल्क उठाएका छन् । अधिकाशं विद्यालयले अनावश्यक रुपमा उठाएको शुल्कका बारेमा प्रश्न उठाउने सरकारी निकाय नै मौन बस्दा समस्यामा परेका अभिभावकले गुनासो गर्ने ठाँउ पाएका छैनन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्