27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासी धौवादीको फलाम खानी उत्खनन एक बर्ष भित्रै सुरु हुन्छ : उद्योग मन्त्रि जोसी

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-३०, कावासोती, नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन एक बर्ष भित्रै सुरु गरीने उद्योग मन्त्रि नविन्द्रराज जोसीले बताउनुभएको छ । नेपालकै सबैभन्दा ठुलो फलाम खानी भेटीएको यस क्षेत्रमा खानी तथा भुगर्भ विभागले एक वर्ष देखी लगातार अनुसन्धान गरीरहेको छ । बुधबार खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि हुप्सेकोट गाउंपालिका धौवादी पुगेका मन्त्रि जोसीले यस्तो बताउनुभएको हो ।
करिब १० किलोमिटर क्षेत्रमा फैलिएको खानीलाई ५ वटा क्षेत्रमा विभाजन गरी ५ स्थानमा उत्खनन गरीने छ । सरकार र नीजि क्षेत्रलाई समेत संगै लिएर छिटो भन्दा छिटो उत्खनन् कार्य गरीने जोसीले बताए । ३० करोड टन भन्दा वढी फलामको सम्भावना भेटीएको अध्ययनमा सहभागी जियोलोजिष्ट नारायण बास्कोटाले जानकारी दिनुभयो । अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिसत देखी ५८ प्रतिसत सम्म फलामको मात्रा भेटीएको छ ।  खानी उत्खनन भएमा नेपाल ३० वर्षसम्म फलाममा आत्मनिर्भर बन्नेछ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्