27 C
Kathmandu
Sunday, May 16, 2021

नवलपरासीमा आगलागीमा परि एकको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत-३०, कावासोती, नवलपरासीको कावासोती-५ देविथान कालिका मावि नजिकै रहेको एक घरमा मंगलवार राति १० बजे आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने घरमुली ५० वर्षका कोशोवी कुमाल रहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

आगो लाग्न थालेपछि घर भित्रको सामान निकाल्न लाग्दा आगोले जलेर उनी गम्भीर घाइते भएकोमा उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर पूर्ण रुपमा नष्ट भएको छ । अन्नपात र लताकपडा जलेको छ । करेन्ट सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो दमकल, स्थानीय र प्रहरीको सहायतामा करीब १ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्