27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 02:08

TRENDING .

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा राणा, यस्तो बन्यो नयाँ कार्यसमिति

- Advertisement -
चैत्र-३०, नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा शेखर गोल्छा प्यानल सुविधाजनक बहुमतसहित निर्वाचित भएको छ। वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै गोल्छा बिजयी भएका छन्। प्यानलसहित निर्वाचनमा होमिएका गोल्छाले वरिष्ठ उपाध्यक्षमा ६३ दशमलव ३० प्रतिशत मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका प्रतिस्पर्धी प्रधानले ३६ दशमलव ७० प्रतिशत मत पाएका छन्। कूल सदर मतको ५० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान गरेको निर्वाचनमा गोल्छाले जिल्ला÷नगरबाट ६१ मत प्राप्त गरेका छन्। यो कुल मतको २९ दशमलव ६१ प्रतिशत हो। त्यसैगरी, वस्तुगतबाट ४७ मत र एसोसिएटबाट ५ सय ४ मत प्राप्त गरेका छन्। यो कुल मतको क्रमश ९ दशमलव ५९ प्रतिशत र २४ दशमलव १० प्रतिशत मत ल्याएका हुन्। त्यसैगरी, किशोरले वस्तुगतबाट ५१ मत प्राप्त गरेका छन्। यो कुल मतको १० दशमलव ४१ प्रतिशत हो। त्यसैगरी, जिल्ला÷नगरबाट ४२ मत प्राप्त गरेका छन्। यो कुल मतको २० दशमलव ३९ प्रतिशत र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन्। यो कुल मतको ५ दशमलव ९ प्रतिशत प्राप्त गरेका छन्।
गोल्छा प्यानलले वस्तुगतको उपाध्यक्ष सहित १२ जना कार्यसमिति सदस्य जितेको छ भने किशोर प्रधान समूहले ३ जना कार्यसमिति सदस्यमात्र जितेको छ। वस्तुगतको उपाध्यक्षमा गोल्छा प्यानलका उमेललाल श्रेष्ठले जितेका छन्। उनले आफ्ना प्रतिस्पर्धी शंकर पाण्डे र अनुम मल्ललाई हराउँदै बिजय हात पारेका हुन्।
जिल्ला÷नगरको उपाध्यक्षमा प्रधान प्यानलका प्रमोद श्रेष्ठले ५५ मत प्राप्त गर्दै जितेका छन्। उनका प्रतिस्पर्धी गोल्छा प्यानलका दिनेश श्रेष्ठले ४८ मत पाएका थिए। तर  जिल्ला÷नगरको कार्यसमिति सदस्यमा  १६ जना गोल्छा प्यानलबाट विजयी भएका छन्, भने दुई जना किशोर समूहबाट निर्वाचित भएका छन्।
एसोसिएटका १९ सदस्यको लागि भएको निर्वाचनमा सबै सदस्य गोल्छा समर्थित सदस्यहरु नै बिजयी भएका छन् भने उपाध्यक्षमा यस अघि नै चन्द्रप्रसाद ढकाल सर्वसम्मत निर्वाचित भइसकेका थिए।
कूल ६८ जनाको कार्यसमिति रहेको महासंघमा गोल्छा प्यानलको दुईतिहाई बहुमतमा रहेको छ। कार्यसमितिबाट निर्वाचित हुने कोषाध्यक्षमा पनि गोल्छा प्यानलबाट हुने निश्चित भएको छ। गोल्छा प्यानलले यसअघि नै ज्ञानेन्द्रलाल प्रधानलाई कोषाध्यक्षमा अगाडि सारेको थियो।
बिहान ९ बजेदेखि सुरु भएर दिउसो १ बजेसम्म चलेको मतदानमा कूल ८ सय २३ भोट खसेको थियो।
यस्तो हुनेछ महासंघको नयाँ कार्यसमिति 
 अध्यक्ष 
भवानी राणा
वरिष्ठ उपाध्यक्ष 
शेखर गोल्छा
एसोसिएट
चन्द्रप्रसाद ढकाल  निर्विरोध
ओम राजभण्डारी   ६९६
ज्ञानेन्द्रलाल प्रधान ५८९
अशोक कुमार तोदी  ५८६
प्रबलजंग पाण्डे  ५८६
गोपाल खनाल  ५८५
सौरभ ज्योति  ५८५
भरतराज आचार्य ५८४
विजयसिंह वैद्य  ५८२
मंगलेश्वर श्रेष्ठ  ५८२
आनन्द कुमार बगरिया ५५१
साहिल अग्रवाल  ५४८
रन्जितराज आचार्य   ५४६
सुनिलनारायण श्रेष्ठ ५४६
अशोक कुमार टेमनी  ५४१
राजेश कुमार अग्रवाल ५३६
रामशरण थपलिया ५२९
ज्योत्सना श्रेष्ठ ४९६
कृष्ण दुलाल ४६०
मनिस अग्रवाल ४५८
जिल्लानगर 
प्रमोद श्रेष्ठ  ५५
उमेश डालमिया ९०
सुरकृष्ण वैद्य ८६
राजन श्रेष्ठ ८२
मनिशलाल श्रेष्ठ ८०
कृष्णप्रसाद शर्मा ७८
दिपक लम्साल ७८
कृष्ण श्रेष्ठ ७५
ध्रुवराज श्रेष्ठ भारी ७४
दिलसुन्दर श्रेठ ७२
निरक केसी ७१
किशोर कुमार आचार्य ६८
सुरेन्द्र कुमार श्रेष्ठ ६८
चन्द्रकान्त अधिकारी  ६५
कृष्णप्रसाद श्रेष्ठ ७८
राजेन्द्र कुमार श्रेष्ठ ७३
राजकुमार न्यौपाने ६३
कल्यान जोशी  ६१
देव कुमार श्रेष्ठ ५८
सुदर्शन कार्की ५८
वस्तुगत
उमेशलाल श्रेष्ठ  ४९
अञ्जन श्रेष्ठ ७३
सन्दिपकुमार अग्रवाल ७१
प्रकाशसिंह कार्की ६१
सकुन्तलाल हिराचन ६१
शिवप्रसाद घिमिरे ५९
आकाश अधिकारी ५६
विनोद ढकाल ५५
तिलचन्द्र भट्टराई ५३
कमला श्रेष्ठ ५२
जयप्रकाश सिवाकोटी ५१
सुरेन्द्रकुमार श्रेष्ठ ५१
हेमराज ढकाल ५१
खेमराज पन्त ५०
नरेशलाल श्रेष्ठ ५०
रविनकुमार श्रेष्ठ ५०
सुनिलगोपाल श्रेष्ठ ५०
प्रदेशतर्फ
रोहित प्रसाई  १३
गणेश प्रसाद लाठ  निर्विरोध
कमलकृष्ण श्रेष्ठ १०
भिम बहादुर थापा  निर्विरोध
लंकमान रोका  ७
प्रकाश थापा  निर्विरोध
संस्थापक 
अबिनास बोहरा
द्विराष्ट्र 
अजय मुडभरी

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्