27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 07:25

TRENDING .

काँग्रेसको मधेसमा सद्भाव अभियान, आज भैरहवामा चुनावी आमसभा

- Advertisement -

चैत्र-२९, भैरहवा, स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै आज भैरहवामा नेपाली कांग्रेसले बिशाल चुनावी आमसभा गर्दै छ । भैरहवाको गल्लामणी स्थित हनुमान मन्दीर परिसरमा हुने आमसभाको सवै तयारी पुरा भएको हिजो पत्रकार सम्मलेन गारी जानकारी गरईएको थियो ।

सभालाई सम्वोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसाक कोईराला लगायतका केन्द्रीय नेताहरु आउने नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले बताए ।
सभामा रुपन्देही जिल्लाबाट मात्र ५० हजार जनता आउने र सभालाई मध्यनजर गरेर ठाउँ ठाउमा मोटरसाईकल -याली, माईकीङ तथा घरदैलो अभियान गरिएको छ । सभाको पुर्व सन्ध्यामा शिद्धार्थनगर, देवदह, लुम्विनी सांस्कृतीक नगरपालिका, सैनामैना लगायतका क्षेत्रमा काग्रेसले मोटरसाईकल -याली, माईकीङ तथा घरदैलो अभियान गरेको हो ।

चुनावी माहोल बनाउर्दै शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले सभाको आयोजना गरिएको र हिमाल, पहाड र तराईबाट समान प्रतिनीधीत्व हुने गरी सभामा जनतालाई ल्याईने जिल्ला सभापति एवं सासंद रज्जाकले बताए । उनका अनुसार पार्टी एक रहेको तथा पछिल्लो समय बिपक्षीले कांग्रेस माथी लगाएको भ्रम चिर्न समेत सभाको आयोजना गरिएको हो । नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र सविधान निर्माण भएकाले अव सविधान कार्यान्वयनकालागि समेत कांग्रेसले नेतृत्व लिनु पर्ने उनले बताए ।

सविधान कार्यान्वयनकालागि निर्वाचन अपरिआर्य रहेको र निर्वाचनमा मधेसी मोर्चालाई समेत सहभागी गराउन कांग्रेसले धेरै प्रयास गरेको भन्दै उनले मोर्चा पनि सहमतिमा आएर चुनावमा सहभागी हुने विस्वास ब्यक्त गरे । नेपाली कांग्रेसका सांसद एवं पुर्वमन्त्री भरतकुमार शाहले लोकतन्त्रलाई संस्थागत गरी सविधान कार्यानवयनकोलागि निर्वाचन अपरिहार्य रहेको र देशलाई सम्बृद्धी तर्फ लैजान कांग्रेसको नेतृत्व रहेको आवश्यकता औल्याए । कांग्रेस तराई, पहाड र हिमालका सवै जनताको साझा पाटी भएकाले पनि कांग्रेस माथी धेरै जिम्मेवार रहेको उनले बताए । सवैलाई सहमतीमा ल्याएर निर्वाचन गराउने र नेतृत्वले चुनौती काग्रेस माथी आएकाले पनि उक्त कुरा बुझाउन देसभर आमसभाको आयोजना गरीएको उनले बताए ।

तराईमा चुनावी माहोल सिर्जना गर्नमा आमसभाले सहयोग पु-याउने भन्दै उनले कांग्रेस कुनै पनि अतीबादको पक्षमा नरहेको तथा मध्यमार्गी पार्टी भएकाले सवैलाई समन्वय गर्दै निर्वाचनमय बाताबरण सिर्जना गराउनकोलागि पनि सवै समुदायको समान प्रतिनीधीत्व हुने गरी सभामा जनतालाई ल्याईने उनले बताए ।

उक्त आमसभाले सविधानमा भएका अन्तरबस्तु, पार्टीको धारणा तथा सवै नेपाली बीच एकता र सद्भावको सन्देस फैलाउने उदेश्य कांग्रेसले लिएको नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणँले बताए । नेपाली कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र स्थापना, संविधान लेखन, शान्तिप्रक्रिया, सविधान ससोधन तथा हाल अरुदलहरुलाई निर्वाचनमा सहभागी गराउन गरिरहेको पहलका बारेमा समेत सभा मार्फत जानकारी गराईने उनले बताए । उक्त आमसभामा १ हजार भन्दा बढी स्वयं सेवक खटाईने छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्