27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 10:11

TRENDING .

बैशाखदेखि शिक्षकलाई मासिकरुपमै तलब बितरण गरिने

- Advertisement -

चैत्र-२९, बैशाख देखि शिक्षकले मासिकरुपमै तलब पाउने भएका छन् । शिक्षा विभागले आगामी बैशाखदेखि शिक्षकलाई मासिकरुपमै तलब भुक्तानी गर्ने तयारी गरेको हो । शिक्षा मन्त्रालयले यसअघि नै निर्णय गर्दै शिक्षकलाई मासिक रुपमै तलब भुक्तानीको व्यवस्था गर्न शिक्षा विभागलाई निर्देशन दिएको भएपनि कार्यान्वयन हुनसकेको थिएन । विभागले हालसम्म शिक्षकलाई चैमासिकरुपमा तलब भुक्तानी गर्दै आएको छ ।

सोमबार शिक्षा विभागले अयोजना  गरेको पत्रकार भेटघाट कार्यक्रममा विभागका आर्थिक प्रशासन शाखाका उपनिर्देशक भगवान उप्रेतीले आगामी बैशाख देखि शिक्षकलाई मासिक रुपमै तलब भुक्तानी गरिने बताए । त्यसका लागि आवश्यक सवै तयारी पुरा भएको समेत उनले जानकारी दिए । ‘हामी चारै महिनाको तलव एकैपटक जिशिका मार्फत विद्यालयमा पठाउँछौं । विद्यालयले महिनापिच्छे शिक्षकलाई तलब खुवाउँछ ।’ उनले भने -‘हामी शुरुमै चौमासिक निकासा गछौं शिक्षकले मासिक बुझ्छन् ।’
‘पहिले शिक्षकहरुले असार १५ तिर माग फारम बुझाउने र सोही अनुसार वजेट निकासा गर्दा ढिलाइ हुँदै आएको उप्रेतीले जानकारी दिनुभयो । हामी बैशाख १५ भित्रै शिक्षकलाई माग फारम भराउँछौं, त्यसको एकहप्तामा जिशिकामा चौमासिक  वजेट पठाउँछौं, त्यसको एकहप्ता भित्र जिशिकाले चौमासिक रुपमै विद्यालयमा वजेट पठाउँछ  र विद्यालयहरुले मसिकरुपमै शिक्षकलाई तलव निकासा गर्छ ।’ उपनिर्देशक उप्रेतीले भने ।

अन्य निजामति कर्मचारीको मासिक तलब भुक्तानी हुनेगरेपनि शिक्षकले तलब बुझ्न ४ महिनासम्म कुर्नुपर्दा शिक्षकहरुले कठिनाई झेल्दै आएका थिए । नेपल शिक्षक महासंघले पनि लामो समय देखि शिक्षा मन्त्रालय र विभागलाई शिक्षकलाई मासिकरुपमा लब भुक्तानी गर्न दबाब दिँदै आएको थियो । विभागको नया व्यवस्थाबाट शिक्षकहरुको व्यवहारिक समस्या समाधान हुने र उनीहरु कामप्रति थप उत्प्रेरित हुने विभागका महानिर्देशक बाबुराम पौडेलले दावी गरे ।

‘आखिर दिनैपर्ने पैसा हो । समयमै दिंदा सदुपयोग पनि हुने र अन्य कर्मचारीसरह एकरूपता पनि देखिने भएकोले निकाशाको ढांचा परिवर्तन गरिएको हो’ – पौडेललेभने ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्