27 C
Kathmandu
Wednesday, May 19, 2021

संसदमा दर्ता संशोधन प्रस्ताव फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय, नयाँ प्रस्ताव लैजादै सरकार

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ। तीन सातापछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिएर नयाँ प्रस्ताव लैजाने निर्णय गरेको हो।

प्रस्तावमा सीमांकनसम्बन्धि विवाद आयोगमार्फत् टुंगो लगाउने उल्लेख गरिएको छ। मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सरकारले आयोगमार्फत सीमांकन सम्बन्धि विवाद समाधान गर्नेगरी नयाँ संविधान संशोधन विधेयक संसदमा पेश गर्ने औपचारिक निर्णय गरेको हो।

नयाँ प्रस्तावमा प्रदेशको सीमाना हेरफेर गर्न स्थायी प्रकृतिको संघीय आयोग बनाउने रहेको छ। प्रदेशको सीमाना हेरफेर गर्न अहिलेको संसदले समेत सक्ने गरी संविधानको धारा २७४ लाई संशोधन गर्ने प्रस्ताव तयार हने कानुन मन्त्री अजयशंकर नायकले जानकारी दिए।

त्यस्तै सरकारले स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रिय सभामा मतदान गर्न नपाउने समेतको प्रस्ताव लैजाने छ। भाषा र नागरिकताको सवालमा विगतको प्रस्ताव नै लग्ने सरकारको तयारी छ।

विधेयकमा राष्ट्रिय सभाको निर्वाचन मण्डलबाट स्थानीय तहको प्रमुख र उपप्रमुखलाई हटाउने व्यवस्था पनि गरिएको छ । विधेयकमा भाषा र नागरिकताको भने पुरानै व्यवस्था गरिएको छ । प्रमुख प्रतिपक्ष एमालेले सरकारले संविधान र कानुनको मर्म विपरित स्थानीय तहको अधिकार कटौती हुने गरी संविधान संशोधन प्रस्ताव तयार पारेको भन्दै मान्य नहुने प्रतिक्रिया दिईसकेको छ।

मन्त्रिपरिषद् बैठक बस्नुअघि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री विमलेन्द्र निधि, कांग्रेस नेता कृष्ण सिटौला,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, कानुन मन्त्री अजयशंकर नायक र माओवादी नेता रामनारायण विडारीसँग छलफल गरेका थिए।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्