27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 07:53

TRENDING .

नेपाल आएका पाकिस्तानी पूर्वकर्नेल बेपत्ता, नेपाल आउनुको पछाडी संकै संका

- Advertisement -

चैत्र-२८, काठमाडौं- संयुक्त राष्ट्रसंघमा जागिरका लागि अन्तर्वार्ता दिन भन्दै तीन दिनअघि नेपाल आएका पाकिस्तानी सेनाका पूर्वकर्नेल मोहम्मद हबिब जाहिर बेपत्ता भएका छन्। नेपालस्थित पाकिस्तानी दूतावासले उनी हराएको भन्दै खोजीका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको छ।

नेपालमा युएनको जागिरका लागि बिहीबार नेपाल आएका उनी हराएको भन्दै परराष्ट्र हुँदै प्रहरी प्रधान कार्यालयमा पत्र आएपछि प्रहरी खोजीमा जुटेको छ। उनी एजे५१२२९६४ नम्बरको पासपोर्टमा डब्लुवाई३४४ कलसाइनको उडानमा नेपाल आएको पाकिस्तानको डिफेन्स मिनिस्ट्रीले जानकारी दिएको छ।

ओमन हुँदै नेपाल आएका उनी सोही दिन आन्तरिक उडानबाट भैरहवा पुगेको र उनले पाकिस्तानमा रहेका आफ्नो परिवारलाई लुम्बिनी आइपुगेको जानकारी दिएको र त्यसपछि  सम्पर्कमा नआएको दूतावासको पत्रमा उल्लेख छ।

उनी जागिरका लागि अन्तर्वार्ता दिन भन्दै नेपाल आएका हबिब हराएकोबारे पाकिस्तानी दूतावासले चासो राख्दै खोजी गरिदिन पत्र पठाएपछि नेपाली सुरक्षा निकायले घटनाबारे जानकारी पाएका हुन्।

आइतबार परराष्ट्रबाट गृह मन्त्रालय हुँदै हबिब हराएकोबारे प्रहरीको अपराध अनुसन्धान विभागमा पत्र पुगेपछि आतंकवाद र अन्तर्देशीय अपराध हेर्ने प्रहरीको निकाय विशेष ब्युरो उनको खोजीमा खटिएको छ।

‘नेपाल आएका पाकिस्तानी पूर्व कर्नेल हराएकोबारे जानकारी आएपछि उनको खोजी शुरु गरेका छौं,’ प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने ‘उनको खोजीका लागि केन्द्रसँगै भैरहवा प्रहरीलाई समेत खटाएका छौं।’

उनको हवाई यात्राको विवरण संकलन गर्दा एयर अरेबियाको उडानमार्फत पाकिस्तानबाट ओमन आएको र ओमनको मस्कटबाट ६ अप्रिलमा नेपाल आएको देखिएको ब्युरोका एक अधिकारीले बताए। ती अधिकारीका अनुसार उनी जुन दिन काठमाडौं उत्रिए त्यही दिन बुद्ध एयरको उडानबाट भैरहवा गएको विवरण समेत फेलापरेको छ।

‘काठमाडौंमा उत्रिएलगत्तै उनी सिधै भैरहवा गएकाले  अन्तर्वार्ता भन्दै नेपाल आएको सूचना सही देखिन्छ,’ अनुसन्धानरत स्रोतले भन्यो ‘तर, त्यहाँबाट उनी कता गए र उनलाई कसले बोलाएको थियो त्यो भने खुल्न सकेको छैन।’

नेपाल आउनुको कारण शंकास्पद

हबिब जुन कारण नेपाल आएको भनिएको छ र उनलाई अन्तर्वार्ता दिन जहाँ बोलाइएको छ यो नै सबैभन्दा शंकास्पद देखिएको छ। प्रहरीलाई आएको औपचारिक जानकारीमै उनलाई युएनको जागिरका लागि अन्तर्वार्ता दिन लुम्बिनि बोलाइएको उल्लेख छ।

लुम्बिनीमा कुनै राष्ट्रसंघीय नियोगको कार्यालय छैन। पाकिस्तानी पत्रिका ‘डन’ को समाचारमा उल्लेख भएअनुसार सन् २०१४ मा अवकाश पाएका उनले रोजगारीका लागि एक वेबसाइटमा व्यक्तिगत विवरण राखेका थिए। सोही विवरणलाई आधार बनाएर उनलाई मार्क थम्सन नामका व्यक्तिले फोन गरेका थिए।

यी दुवैबीच इमेलमा समेत कुराकानी भएको थियो। इमेलमा मार्कले उनले खोजेअनुसारको जागिरका लागि अन्तर्वार्ता दिन नेपाल आउनुपर्ने बताएका थिए। उनलाई नेपाल आउने हवाई टिकटसमेत मार्कले नै पठाइदिएका थिए।

नेपाल आएलगत्तै उनलाई ओमनमा जावेद अन्सारी नामका एक व्यक्तिले आफ्नो नामको ९८१३८४८६८९ नम्बरको सिमकार्ड दिएको डिफेन्सडटपिकेले दाबी गरेको छ। उनी सोही सिम हालेको मोबाइल लिएर लुम्बिनी पुगेका थिए। डनका अनुसार लुम्बिनी पुगेर परिवारको सम्पर्कमा आएका उनको मोबाइल नम्बरमा अहिले सम्पर्क हुन सकेको छैन।

डनका अनुसार उनी हराएपछि उनलाई आएको फोनकलको नम्बर खोज्दा बेलायतको नम्बर देखियो, जुन नक्कली रहेको खुल्यो। इन्टरनेट कलमार्फत फोन नम्बर परिर्वतन गरिएको खुलेको डनले लेखेको छ। उनीसँगको इमेल संवाद भएको इमेल भारतीय वेबसाइटसँग सम्बन्धित देखिएको उल्लेख गरिए पनि कुन साइट हो खुलाइएको छैन।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्