27 C
Kathmandu
Sunday, May 16, 2021

७० वर्षे उमेरमा तरकारी प्रति मोह, प्लटिङ हैन तरकारी खेती गर्छु

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-२७, बिबेक भण्डारी। नवलपरासीमा प्लटिङको लहर चलिरहेका बेला देवचुली नगरापलीका १७ का अतिमान पञ्जियारले भने खालि जमिनमा तरकारी उत्पादन गर्न कस्सिएका छन । उमेरको हिसावले अहिले पञ्जियार ७० वर्ष पुगे । पञ्जियार अहिले आफ्नै खेतबारीमा प्रसस्त तरकारी उत्पादन गरि विक्री वितरणमा लागि परेका छन । आफ्नो घरपरीवारको सहयोगमा पंञ्जियारले अहिले १२ कट्ठा क्षेत्रफलमा आफैले मेहनत गर्दे तरकारी गोडमेल र तरकारी टिपेर बजार लान भ्याइ नभ्याइ छ । आफु उमेरको हिसावले होइन परिश्रमको हिसाबले चल्ने बानि भएको ले पनि  तरकारी उत्पादन मै व्यस्त रहेको उहाको भनाइ छ । बेमौसम तरकारीले अहिले पञ्जीयारको १२ कट्ठा जमिन हरियालि देखिन्छ । आफुले सानै देखि मेहनत गर्ने स्वभावले पनि आफुलाई कुनै किसिमको असहज नभएको पञ्जियारको भनाइ छ । पञ्जियारले अहिले काक्रो , लहरे बोडि , खुर्सानी लगायतका नगदे तरकारी उत्पादन गर्दे आएका छन । पञ्जियारका अनुसार आफ्नो तरकारी बारी नजिक इट्टा उघोग रहेको कारणले पनि तरकारी बिक्रृ गर्न सरल भएको र इटा उघोग बाहेक स्थानिय बजारमा आफुले उत्पादन गरेको तरकारी खपत हुने गरेको पञ्जियार बताउनु हुन्छ । जहा तहि प्लटिङले जमिन खालि रहेका बेला पञ्जियारले भने प्लटिङ गरेर जग्गा खालि राख्नु भन्दा तरकारी उब्जाउ गर्दा आम्दानि पनि हुने ताजा तरकारी पनि बेच्न पाइने हुदा तरकारी उब्जाउ गर्न लागि परेको उहाले बताउनुभयो । आम्दानिको हिसाबले बजारमा चलेको भाउ अनुसार आफुले आम्दानि गर्ने गरेको पञ्जीयारको भनाइ छ । हामिले पंञ्जियार बाट केहि सिक्न आवस्यक छ । हामि केबल एक पलको आम्दानिलाइ मात्र नहेरी दिर्घकालीन आम्दानिलाई हेर्न आवस्यक छ । हामिले जमिनलाई खालि होइन उत्पादन मुखि बनाउन आवस्यक छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्