27 C
Kathmandu
Sunday, May 16, 2021

एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप, १८ जना प्रहरी नियन्त्रणमा

- Advertisement -
- Advertisement -spot_imgspot_img

चैत्र-२६, लहान- लहानमा एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ। नेकपा एमालेले पशुपति आदर्श माविबाट निकालेको जुलुसलाई विथोल्न मधेसी मोर्चाले पनि जुलुस निकाले पछि दुई पक्षबीच तनाब भएको थियो। एमालेले लहान नगरपालिकाको नगरसभा हलमा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। दुई पक्षबीच तनाब भए पछि संघीय समाजवादी फोरम सिराहाका अध्यक्ष वादल यादव सहित १८ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिरा बहादुर पाण्डेले बताए। उनीहरुलाई इलका प्रहरी कार्यालय लहानमा राखिएको छ।

यता एमालेको कार्यक्रम स्थलमा कडा सुरक्षा प्रदान गरिएको छ। नगरपालिकाको सभाहल बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ। मोर्चाका कार्यकर्ताले अहिले पनि प्रदर्शन जारी राखेका छन्।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्