27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:05

TRENDING .

विषाक्त ग्यास आक्रमणको सर्वत्र निन्दा, मर्नेको सङ्ख्या ७२ पुग्यो

- Advertisement -
चैत्र-२३, बेरुत, सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।
मृत्यु हुनेमध्ये २० जना बालबालिका र १७ जना महिला रहेको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले जनाएको छ ।
अझै केही व्यक्ति बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने सो संस्थाले जनाएको छ ।
सिरियाली विद्रोहीको प्रभावमा रहेको इदलिब क्षेत्रको खान सेइखुनमा हवाई जहाजबाट विषालु ग्यास प्राहार भएको हो ।
मङ्गलबार बिहानै भएको रासायनिक आक्रमणको घटनामा सिरियाको सत्तापक्षको सेनाको हात रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले आशङ्का गरेको छ । घटनाको सर्वत्र विरोध भएको छ । देशभित्र कै प्रतिपक्षी दल र अन्य देश तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाले पनि घटनाको निन्दा गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घ, बेलायत, फ्रान्सले विषालु ग्यासको आक्रमण अमानविय र क्रुर भएको भन्दै निन्दा गरेका हुन् ।
अमेरिकाले पनि सिरियाको विद्रोही नियन्त्रित एउटा शहरमा भएको विषाक्त ग्यास आक्रमणमा सिरियाली सरकारको हात रहेको आरोप लगाएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले उक्त आक्रमणमा बसर अल असदकै सरकार संलग्न रहेकोमा आफू विश्वस्त रहेको जनाएको छ ।
 अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगै विदेशमन्त्री रेक्स टिलरसनले पनि आक्रमणको चर्को आलोचना गर्नुभएको छ ।
सिरिया कै प्रतिपक्षी दलले घटनामा राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारको संलग्नता रहेको भन्दै छानविन गर्न संयुक्त राष्ट्रसङ्घसँग आग्रह गरेको छ ।
 त्यसैगरी फ्रान्सले यसबारे सुरक्षा परिषदमा छलफल हुन जरुरी देखिएकोले तत्काल बैठक बोलाउन राष्ट्रसङ्घलाई आग्रह गरेको छ ।
घटनालाई घृणास्पद भन्दै फ्रान्सले घटनाको निन्दा गर्दै कुनैपनि राष्ट्र चुप रहनु वा खम्चिन नहुने जनाएको छ ।
यद्यपि सिरियाली वरिष्ठ सैनिक अधिकारीले घटनामा सेनाको संलग्नता नरहेको बताएका छन् ।
यदि यसप्रकारको घटना सम्बन्धमा पुष्टि भएको खन्डमा पछिल्लो आक्रमण सिरियाली गृहयुद्ध कै सबैभन्दा भीषण रासायनिक हमला भएको जनाइएको छ ।रासस/सिन्ह्वा/एएफपी

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्