27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 07:57

TRENDING .

चुनावमा शिक्षकलाई कडाई, प्रचारमा हिँडे जागिर जाने

- Advertisement -

चैत्र-२३, बाजुरा- जिल्ला शिक्षा कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेर चुनावी प्रचारमा हिँडे शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ। स्थानीय तह निर्वाचनलाई लक्षित जानकारी पत्र प्रकाशित गरी शिक्षा कार्यालयले राजनीतिक दलका सभा सम्मेलनमा हिँड्ने शिक्षकलाई कारबाही गर्ने बताएको हो।

निर्वाचन आचारसंहिता विपरित कार्यमा संलग्न शिक्षकलाई तत्काल कारबाही गरिने निमित्त जिल्ला शिक्षा अधिकारी धर्मराज जोशीले बताए। पेशागत मर्यादालाई बिर्सेर जबरजस्त चुनावी प्रचारमा हिँडेको, भाषण गरेको, झण्डा बोकेको प्रमाणका आधारमा जागिरबाटै बर्खास्त गर्ने सम्मको कारबाही हुन सक्ने जोशीले बताए।

                शिक्षा कार्यालयले चैत्र २१ गते जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयलाई बोधार्थ सहीतको जानकारी पत्र प्रकाशित गरेको हो। शिक्षकहरु शिक्षण पेशालाई छोडेर आचार संहिता विपरित राजनीतिक दलको चुनाव प्रचारमा खटिएको चौतर्फी आलोचना बढेपछि कडा पत्र जारी गरेको हो।

निर्वाचन आयोगले सरकारी सेवा सुविधा लिने जुनसुकै व्यक्ति वा संस्थाले राजनीतिक दलको झण्डा बोकेर चुनावी प्रचार प्रसारमा जान नमिल्ने गरी आचार संहिता बनाएको छ । राजनीतिक गतिविधिमा निजामति कर्मचारी भन्दा शिक्षकहरु बढी संलग्न देखिएका छन्।

राजनीतिक दलका चुनावी प्रचार अभियान देखि आमसभा र आर्थिक संकलनमा समेत शिक्षकहरु नै खटन पटनमा देखिएका छन् । उनीहरुले आफ्नो पेशागत इमान्दारीता नै बिर्सेर चुनावी प्रचार लागे स्वयम व्यक्तिका लागि पनि राम्रो नहुने जिल्ला शिक्षा कार्यालयले बताएको छ।

कार्यालयले जिल्ला छोड्दा समेत सम्पर्कमा बस्नु पर्ने, कारण देखाएर मात्र विदामा बस्नु पर्ने र चुनाव अवधिभर विद्यालय समयमा अनिवार्य शिक्षण पेशामा संलग्न हुनु पर्ने निर्देशन जारी गरेको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्